ब्राउन सुगरसहित एकैदिन १० जना पक्राउ
दाङ : दाङमा प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित १० जना पक्राउ परेका छन्। दाङको तुलसीपुर क्षेत्रबाट २ ग्राम ९६० मिलिग्राम ब्राउन सुगरसहित १० जना पक्राउ परेको इलाका प्रहरी कार्यालय तुल्सीपुरले जनाएको छ।
इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरी टोलीले एकैदिन तुलसीपुर र आसपासका स्थानबाट उक्त परिमानमा ब्राउन सुगरसहित पक्राउ गरेको इप्रका प्रमुख श्यामु अर्यालले बताए।
प्रहरीले तुलसीपुर उपमहानगरपालिका -५ का २१ वर्षीय बीरबहादुर बिक, तुलसीपुर- ८ कृष्णमन्दिरका २५ वर्षीय अमर गन्दर्भ, तुलसीपुर- १ भम्केका ३३ का बिरबल बिरकट्टा, सल्यान जिल्लाको कुमाख गाउँपालिका- २ खानीखोला घर भइ हाल तुलसीपुर -५ मा कोठा भाडामा बस्ने २८ वर्षीय बीरबहादुर चलाउने, तुलसीपुर -१८ बेलझुण्डीका २३ वर्षीय कैलाश सुनार, सोही ठाउँकै २३ वर्षीय वशन्त राना, तुलसीपुर- १ भम्केका २२ वर्षीय विनोद भण्डारी, तुलसीपुर-५ का २४ वर्षीय देबिराज हल्वाई, तुलसीपुर- ९ का २४ वर्षीय एकराज डाँगी र सोही ठाउँका २६ वर्षीय मानबहादुर बिकलाई ब्राउन सुगरसहित नियन्त्रणमा लिइएको जनाएको छ ।
यस अगाडि तुलसीपुरमा एकै दिन चार जनालाई प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित पक्राउ परेका थिए।
प्रतिक्रिया दिनुहोस !