दाङमा सर्‍यो लुम्बिनीको स्वास्थ्य मन्त्रालय

दाङमा सर्‍यो लुम्बिनीको स्वास्थ्य मन्त्रालय

दाङ : लुम्बिनी प्रदेशको स्वास्थ्यमन्त्रालय स्थानीय राजधानी दाङमा सरेको छ। प्रदेशको अस्थायी राजधानी बुटवलमा मुकाम तोकेर सञ्चालन हुँदै आएको मन्त्रालयले बुधबारदेखि राप्ती उपत्यकाको सिसहनीयामा स्थापना भएर सञ्चालनमा आएको छ। 

स्वास्थ्य जनसंख्या तथा परिवार कल्याण मन्त्रालयको कार्यसम्पादन सिसहनियामा कार्यालय स्थापना भएर मन्त्रालयले कामकाज सुरु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। मुख्य कार्यालय उद्घाटनसँगै सेवा सुरू समेत गरिएको स्वास्थ्य जनसंख्या तथा परिवार कल्याण मन्त्री इन्द्रजित थारूल बताए। उनले शुक्रबारदेखि स्थापना भएको मन्त्रालयको नियमित सेवा राप्ती उपत्यकाको सिसहनियामा थालिएको बताए। 

मन्त्रालयले पूर्णरूपले राप्ती उपत्यकाबाट काम सुरू गरेको जानकारी गराउँदै मन्त्री थारूले अब छिटोभन्दा छिटो अन्य मन्त्रालयले पनि स्थायी राजधानीबाटै सेवा सुरू गर्ने तयारी भएको बताए। प्रदेश सरकारको निर्णयअनुसार सबैको सहयोगमा राजधानीको सफलतासँगै राजधानी कार्यान्वयनमा सहयोग गर्नुपर्ने उनले बताए। यसअघि पर्यटन ग्रामीण तथा सहरी विकास मन्त्रालय पनि राप्ती उपत्यकाको लालमटियामा स्थापना भइसकेको छ। राजधानी क्षेत्रबाट नै प्रदेश विकास प्राधिकरणले आफ्नो काम सञ्चालन गरिसकेको छ।  

मन्त्रालयको औपचारिक उद्घाटतन गर्दै स्वास्थ्य मन्त्री चौधरीले संघ सरकार र प्रदेश सरकारको नीतिअनुसार सबै पालिकामा १५ शैययाको अस्पताल, खोप केन्द्र, स्वास्थ्य संस्था निर्माणका लागि काम सुरू भएको भन्दै स्वास्थ्य सेवामा मध्यकालीन तथा दीर्घकालीन रणनीतिका साथ काम थालिएको बताए। 

मन्त्री थारूले कोभिडको तेस्रो भेरिएन्टबाट नागरिकलाई सुरक्षित राख्नका लागि प्रदेश सरकारले संघ सरकारसँग खोपको ब्यवस्थाको लागि पहल गरिरहेको समेत बताए। राज्यमन्त्री विमलाकुमारी खत्रीले स्थायी राजधानीमा मन्त्रालयको काम सुरू भएसँगै नागरिकले सरल र सहजरूपमा सेवा पाउन सक्ने र मन्त्रालयले राम्रो काम गरेर देखाउनुपर्ने समय आएको बताइन्। 

मन्त्रालयका सचिव डा विकास देवकोटाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सेवामूलक मन्त्रालय भएका कारण सेवा दिने काममा कमी नहुने बताए। निर्देशनालय, आपूर्ति, तालिम र प्रयोगशालाको कार्यालयको छिटो प्रबन्ध गर्दै मन्त्रालयलाई पूर्णरूपमा सेवा दिन तयार बनाइने बताए। १२ जिल्लामा नागरिकको सेवा क्षेत्रको काम गर्दै सचेतना, नीति निर्माण, योजना निर्माण गर्ने काममा मन्त्रालय द्रूतरूपमा लागिरहेको देवकोटाले बताए। 

राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदीले आफूहरूले स्थायी राजधानीका लागि सबै कुरा जोखिममा राखेर सहयोग गरेको तर सुस्त–सुस्त राजधानीको मेलो सर्दै गरेकोमा गुनासो गरे। राजधानी ब्यवस्थापनका लागि स्थानीय राप्ती–गढवा गाउँपालिका र शितगंगा नगरपालिकाका नागरिकबाट भरपुर सहयोग रहेको बताए।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.