मुगुका चार बस्ती सुरक्षित खानेपानीयुक्त घोषणा

मुगुका चार बस्ती सुरक्षित खानेपानीयुक्त घोषणा

मुगु : जिल्लामै पहिलोपटक छायाँनाथ रारा नगरपालिकाको १४ वडामध्ये २ वडाका चार बस्ती सुरक्षित खानेपानीयुक्त समुदाय घोषण गरिएको छ। छायाँनाथ रारा नगरपालिकाको वडा नम्बर दुई, तीन र पाँचका चार बस्तीका ९५ घरधुरीमा बस्ने ५ सय २७ जनाले सुरक्षित खानेपानी पाएपछि उक्त चार बस्तीलाई सुरक्षित खानेपानीयुक्त समुदाय घोषणा गरिएको हो। 
 
युनिसेफ, छायाँनेपाल र हिमाली ग्रामीण समाज विकास केन्द्र (हिरिसडेक) मुगुको सहजीकरण तथा आर्थिक सहयोगमा  छायाँनाथ रारा नगरपालिका—२  चैना गाउँका ५४  सोही नगरपालिका-३ देउबाडाका ९ र  वडा नम्बर ५ को नाउरका ३२ घरमा सञ्चालित एक घर एक धारा योजना सञ्चालन भइ उक्त योजनाबाट उपभोग गर्ने पानी सुरक्षित भएको हो। 

खानेपानी सुरक्षा समितिबाट अनुगमन प्रतिवेदन, वडा स्तरीय अनुगमन प्रतिवेदन, दीगोपनका लागि त्रिपक्षीय सम्झौता नगरपालिकाबाट तेस्रो पक्षको अनुगमन सहितको प्रतिवेदन र घोषणाका लागि नगरपालिकाको सहमति भइसकेपछि सुरक्षित खानेपानीयुक्त समुदाय घोषण गरिएको  छायाँ नेपालका जिल्ला संयोजक मिनबहादुर रावलले बताए।

गाउँमा खानेपानीको अभाव थियो। खानेपानी ल्याउन गाउँबाट आउन-जान आधा घण्टा लाग्ने गरेको थियो। अहिले गाउँमा एक घर एक धारा निमार्ण भएको छ। उक्त धाराबाट उपभोग गर्ने खानेपानी सुरक्षित छ। 

पहिला कुवा र पधेराको पानी उपभोग गर्दा समुदायमा विभिन्न खाले रोग देखा परेका थिए। अहिले एक घर धारा अन्तर्गत समुदायले उपभोग गर्ने खानेपानी सुरक्षित भएको वडापालिका, नगरपालिका र अन्य निकायबाट भएको अनुगमनले प्रमाणित गरेको छ।  पुर्खौंदेखि दुसित पानी प्रयोग गर्दै आएका सर्वसाधरणले सुरक्षित खानेपानी उपभोग गर्न पाएपछि बस्तीलाई सुरक्षित खानेपानीयुक्त समुदाय घोषण गरेको छायाँनाथ रारा नगरपालिका—उमाकान्त चौलागाईंले बताए।

गाउँमा एक घर एक धारा निर्माणपश्चात् उक्त धाराको पानीको शुद्धताका लागि धेरैपटक परीक्षण गरिएको र पानीको इन्टेक, आरबिटी लगाएत अन्य पूर्वाधार समेत सुरक्षित भएकाले  सुरक्षित खानेपानी उपभोग गर्न पाएको छायाँनाथ रारा नगरपालिका—२ का भिमचन्द्र हमालले बताए। पहिला पधेरा कुवाको पानी प्रयोग गरेका थियौं। उक्त पानी धमिलो र फोहोर हुन्थ्यो। अहिले घर आँगनमै रहेको धाराको पानी खान पाउँदा सुमदायमा खुशी छाएको सोही नगरपालिका—५ की झुपु बिकले बताइन्।छायाँनाथ रारा नगरपालिका—२ को चैना गाउँलाई सुरक्षित खानेपानीयुक्त घोषण गरिंदै। तस्बिर : जीवन सेजुवाल।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.