कारागार प्रमुखसहित सात जना पक्राउ

कारागार प्रमुखसहित सात जना पक्राउ

दाङ : दाङको घोराही कारागारका नाइके यामराज परियार फरार प्रकरणमा कारागारका जेलरसहित सात जना पक्राउ परेका छन्। सोमबारसम्ममा दाङ प्रहरीले कैदी भगाउने कार्यमा संलग्न भएको आरोपमा कारागार  प्रमुखसहित सात जना पक्राउ परेका जनाएको छ।  

सोामबार घोराही कारागारका प्रमुख युवराज परियार, कारागारका असइ रुद्रबहादुर सेन, प्रहरी हवल्दार गणेशकुमार थारुलाई पक्राउ गरिएको हो। त्यसअघि प्रहरी जवान धनबहादुर चौधरी, घोराही उपमहानगरपालिका वडा नं १६ रतनपुरकी विपाशा चौधरी, तुलसीपुर उपमहानगरपालिका वडा नं. ३ की समी चौधरी र घोराही होटल प्याराडाइजका सौजन्य खनाल पक्राउ परेका थिए।  

खनाल यसअघि पनि कारागारको कारबाही भुक्तानी गरेर निस्किएका व्यक्ति हुन्। उनले नै होटलमा युवती लगायत अन्य कुराको व्यवस्थापनको भूमिका खेलेको बुझिएको छ। पक्राउ परेकामध्ये नाम नखुलाइएका हवल्दार खासै दोषी नदेखिएको पनि स्रोतको दावी छ ।  

घटना अनुसन्धान अधिकृत अमरबहादुर वलीले दाङ जिल्ला अदालतबाट सोमबार बेलुकी पक्राउ पुर्जी जारी हुनासाथ उनीहरूलाई पक्राउ गरिएको बताए। तर घोराही कारागारका जेलर युवराज परियार भने दुई दिन अगाडि नै पक्राउ परी सकेका भए पनि अदालतबाट कानुनी प्रक्रिया पूरा गरेपछि मात्रै उनीहरूको पक्राउबारे जानकारी दिइएको प्रहरी स्रोतको भनाइ छ।  

घोराही कारागारका जेलर पक्राउ परेलगत्तै उनको जिम्मेवारी खोसेर तुलसीपुर कारागारका जेलर वलीलाई तत्कालका लागि जिम्मेवारी तोकिएको थियो। कारागार शाखाको अनुसन्धान पनि जेलरकै नेतृत्वमा हुने हुँदा अनुसन्धान सकेर मात्रै उनीहरू पक्राउ परेको बारे जानकारी दिइएको छ। 

यसअघि कारागारका नाइके बिहीबार भागेपछि आइतबार घोराहीका जेलर युवराज जिल्ला प्रशासन कार्यालयमा तानिएको सार्वजनिक गरिएको थियो।  जेलर परियार आफू बिदामा रहेकै बेलामा नाइके परियारलाई उपचारका लागि लैजान अनुमति दिएको अनुसन्धानबाट खुलेको थियो। नाइके यमराज भागेकै दिन दिउँसो जेलर युवराज र यमराजको बीचमा समेत फोन संवाद भएको कलडिटेलका आधारमा पत्ता लागेको  छ। 

यसअघि नाइके परियार घोराही कारागारका चौकीदार थिए। बालकृष्ण खाण गृह मन्त्री भएपछि नेपाली काँग्रेस निकट मानिने नेपालगन्जका रिगल ढकाल कारागारका चौकीदार बनाइएका थिए। त्यसपछि यमराज नाइके बनेका थिए। यमराजलाई चौकीदार बनाउनेदेखि नाइके बनाउनेसम्मका गतिविधिमा कारागारका जेलर युवराजले प्रक्रिया समेत मिचेको देखिएको अनुसन्धानमा खुलेको छ। 

त्यस्तै कुनै पनि बिरामी नरहेका नाइके परियारलाई बिहीबार बिहान ११ बजेतिर छालासम्बन्धी स्वास्थ्य उपचार गराउन भनेर पठाएको कुरा अनुसन्धान अधिकृतले बताएका थिए। 

यसरी भागेका थिए  परियार 
 
बिहीबार बिहान कारागारबाट प्रहरी जवान धनबहादुर चौधरीले आफ्नै मोटरसाइकलमा राखेर उनलाई उपचारका लागि भनेर लगेका थिए। तर चौधरीले नाइके परियारलाई अस्पताल नपुर्‍याइ घोराहीस्थित होटल एण्ड रेस्टुरेन्टमा नास्ता खान लगेका थिए। त्यहाँ थप दुई युवती भेटिए। चार जनालेसँगै बसेर कफी खाए। 

त्यसपछि उनीहरु घोराहीस्थित सब्जीमण्डी पुगे। त्यहाँबाट थकाली होटलमा दुईटा कोठा लिएर बसेको देखिएको अनुसन्धानमा संलग्न एक अधिकारीले बताए।
त्यसको केहीबेरमै युवतीसँगै प्रहरी जवान चौधरीलाई नाइके परियारले कोठामा बाहिरबाट चुकुल लगाइ आफू प्रहरी जवान चौधरीकै मोटरसाइकल लिएर फरार भएका थिए। राजपुर गाउँपालिका बेलका यमराज परियार आफ्नै गर्भवती प्रेमिका हेमा चौधरीलाई हत्या गरेको खुलेपछि कर्तव्य ज्यान मुद्दामा साढे सात वर्ष कैद सजाय भोगिसकेका थिए। उनलाई जिल्ला अदालतले २० वर्ष कैद फैसला सुनाएको थियो। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.