प्रचण्डले किन गर्दैछन् निर्मम आत्मसमीक्षा ?

प्रचण्डले किन गर्दैछन् निर्मम आत्मसमीक्षा ?

काठमाडौं : विगतमा गरेको गल्तीको नेकपा (माओवादी केन्द्र) ले निर्मम समीक्षा गरेको छ । काठमाडौंमा जारी पार्टीको आठौं महाधिवेशनमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले राजनीतिक दस्तावेजमार्फत आफूले गरेका गल्ती र कमजोरीहरुको आत्मसमीक्षा गरेका छन्। अध्‍यक्ष प्रचण्डले महाधिवेशनको बन्दसत्रमा सोमबार दस्तावेज पेश गरेका हुन्।  मंगलबार सोही दस्तावेजमाथि २५ फरक समूहले छलफल गर्दैछन्।

‘पार्टी जीवनमा केही गम्भीर समस्याहरु देखा परेका छन्,' प्रचण्डले दस्तावेजमा भनेका छन् । कमलादीस्थित प्रज्ञाभवनमा जारी बन्दसत्रमा उनले पौने तीन घण्टा लगाएर त्यो प्रतिवेदन प्रस्तुत गरे।

‘पार्टीको विधि, पद्धति नै कमजोर भयो, 'पार्टीका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले अन्नपूर्णसँग भने, ‘व्यक्तिवाद, गुटवाद, आर्थिक भ्रष्टीकरण पार्टीमा बेजोर ढंगले देखा परेको छ । अरु मामलामा पनि आराजकता बढेको छ । संस्कृतिक विचलनको प्रक्रियाहरु देखापरिरहेका छन्।’

यथास्थितिवादसँग सम्बन्ध विच्छेद गरेर फड्कोकारी रुपान्तरण गरे मात्रै जनताले माओवादीलाई विश्वास गर्ने भनेका छन् । वैचारिक सांस्कृतिक रुपमा पार्टीलाई रुपान्तरण तत्काल समाजवाद सुधारको नेतृत्वबाट यात्राको थालनी गर्नुपर्ने भनेका छन्।

‘अनि मात्रै समाजवाद निर्माणको नेतृत्व गर्न सक्छौं, 'यो नै दस्तावेजको चुरोकुरो हो,' नेता श्रेष्ठले बताए । माओवादीले एजेण्डा स्थापित गर्न भूमिका खेल्यो, त्यसलाई हाँसिल पनि गर्‍यो, उपलब्धीहरु अपहरित गर्न खोज्दा त्यो विरुद्धको संघर्षको पनि अगुवाइ गरेको दस्तावेजमा दावी गरिएको छ ।

अर्का स्थायी कमिटी सदस्य गिरिराजमणी पोखरेलले नेतृत्व निर्माणका नै अहिलेको मूल सवाल रहेको बताउँछन् । ‘पछाडि (प्रचण्ड पथ)मा फकिर्ने कुरा हुँदैन । अहिलेका चुनौतीलाई पार्टीले स्वीकार गरेको छ, 'उनले भने, ‘२१ औं शताब्दीको समाजवादको नेपाली मोडेल अध्यक्षज्यूले  समावेश गर्नु भएको छ।’ यसभित्र संगठन, विधि, प्रणालीसँग सम्बिन्धित रहेको उनले बताए ।

न्यूनतम सांस्कृतिक रुपान्तरणलाई विशेष ढंगले उठाइएको छ । ‘यतिखेर जलवायु परिवर्तनले सिर्जना गरेको चुनौती पनि छन् । विज्ञान, प्रविधिले थपेको चुनौती पनि छन् । साम्राज्यवादलाई नयाँ ढंगले संश्लेषन गरिएको छ,' यो दिसामा नगइकन मओवादीको पहिचान हुँदैन,' इतिहास पनि नबन्ने निष्कर्षमा प्रचण्ड पुगेको नेताहरुले बताएका छन् ।

माओवादीले समाजवादी क्रान्ति हाक्नुपर्छ भने प्रचण्डले विचार प्रस्तुत गरेका छन् । ‘पार्टीभित्र नयाँ गौरवशाली पक्ष छैन भनेर वोध भएको छ, 'नेता पोखरेलले भने, 'पुरानो उपलब्धी र अहिलेको चुनौतीदेखि भागेर हुँदैन । यसबाहेक माओवादीसँग अर्को कु्नै विकल्प पनि छैन ।’

चुनावदेखि चुनावसम्म गएर, संसददेखि संसदभित्र रहेर अहिलेको समस्या हल नहुने पक्षमा अध्यक्ष प्रचण्ड उभिएका छन् । ‘उत्पीडनको समस्या समाजवादमा नगएर हलै हुँदैन । नयाँ उत्पादन ब्रिगेडहरु बनाउनुपर्छ । नेताहरु गाउँमा गएर बस्नुपर्छ । साँस्कृतिक रुपान्तरणको प्रक्रियामा जानै पर्छ,'प्रतिवेदनमा भनिएको छ।

पूर्वीय दर्शनको योग र ध्यानलाई अहिलेको रुपान्तरणसँग जोडेका छन् । ‘उहाँको प्रतिवेदनमा व्यापक जनवादको अभ्यासको कुरो उठाइएको छ, 'पोखरेलले भने ।' समाजवाद प्राप्तिका लागि उत्पादनका श्रोत र साधनहरुलाई व्यापक परिचालन गरि देश विकासमा लाग्ने अधार देखाइएको छ ।

‘समृद्धिको बाटोमा अगाडि बढ्नुपर्छ । समाजिक न्यायलाई स्थापित गर्नुपर्छ । सबै उत्पीडत जातीलाई समृद्ध बनाउनुको कुनै विकल्प छैन,'अर्का माओवादी नेता जनार्दन शर्माले प्रतिवेदनबारे भने, ‘जनताको स्वस्थ जीवनका लागि उपचारमा मात्रै होइन्, रहनसहन, खानपान समेत सुधार गर्ने खालको स्वास्थ्य नीतिमा जोड दिइएको छ ।’

प्रतिवेदनमा शिक्षालाई बलियो बनाउन शिक्षाको पाठक्रमलाई बदल्नु पर्नेमा जोड दिइएको छ। ‘संविधानले भने अनुसारको आत्मनिर्भर अर्थ नीतिलाई मद्दत गर्ने खालको पाठयक्रम बनाउने कुरो छ, 'नेता शर्माले भने, ‘ राष्ट्रिय सहमतिपछि मात्रै एससीसी पास गर्ने कुरो छ ।’

विगतमा ठूलो काम गरेपनि साना गल्तिहरुले पार्टीलाई टुक्राटुक्रा बनाएकोमा प्रचण्डले पश्चाप गरेका छन् । सुदूरपश्चिम प्रदेश कमिटी सदस्य अकलबहादुर राउतले सानो गल्तीले कम्युनिस्ट आन्दोलन नै विभाजित बनाएको बताए ।

। राष्ट्रिय अन्तराष्ट्रिय शक्तिहरु लागेको बारे गम्भीरतापूर्व समीक्षा गरिएको छ। फुटेर गएका साथीहरुसँग पार्टी एकता गर्ने र सबै क्रान्तिकारी शक्तिहरु एक ढिक्का भएर जाने विचार दस्तावेजमा उल्लेख छ।

-शान्ति सम्झौता गर्ने कुरा, सेना बुझाउने सन्दर्भमा जुन ढंगले निर्णय गर्नु पर्थ्यो त्यो निर्णय नगरिकनै जानुमा आफ्नो व्यक्तिगत कमजोरी भएको छ ।

-शान्ति सम्झौतापछि पार्टीको साझा धारणा बनाउनु पर्थ्यो त्यसमा पनि आफूले गरेको निर्णयको शैलीले पार्टी भित्र अविश्वास सिर्जना गर्यो । प्रचण्डको मनोगत र जनवादी केन्द्र अतिक्रमण गर्ने कमजोरी थियो कि ?

-क्यान्टेमेन्टमा सेना राख्ने पनि र विद्रोहको कुरा पनि गर्ने यो विरोधाभाषपूर्ण थियो । अधिकतम प्रगतिशील बनाउने कुरामा जानु पर्थ्यो । विचार र राजनीतिमा सिधा र प्रस्ट कुरा गरेर जानुपर्थ्यो । कुनै कुटनीति गरेर हल हुँदैन । त्यहाँ पनि कमजोरी भयो भन्ने छ।

- प्रचण्ड पथ यथावत राखेर अरु शक्तिलाई एकतावद्ध गर्न सकिदैन थियो । तर कम्तिमा केन्द्रीय समिति वा विस्तारित बैठक गरेर त्यो प्रचण्ड पथलाई स्थागन गर्ने कुरालाई हल्का ढंगले लिइयो कि । अब पुनः प्रचण्ड पथमा फर्किन सम्भव छैन ।

- नेकपा गठन भइसकेपछि आफ्ना केही शैलीगत कुराले ओली प्रवृत्तिलाई केही बढावा दिने काम गरेको छ ।

-आफ्नो कमजोरीलाई खुलस्त राख्नुपर्छ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.