भत्ताको माग गर्दै ज्येष्ठ नागरिक आन्दोलित

भत्ताको माग गर्दै ज्येष्ठ नागरिक आन्दोलित

महोत्तरी : बैंकको लापरवाहीको कारण विगत ६ महिनादेखि समाजिक सुरक्षा भत्ता नपाएको भन्दै ज्येष्ठ नागरिकहरुले गौशाला नगरपालिकाको कार्यालय घेराउ गरेका छन् । बुधबार गौशाला नगरपालिका वडा नं ४, ६ र ९ का ज्येष्ठ नागरिकहरु चर्को नाराबाजी गर्दै नगरपालिकाको कार्यालय घेराउ गरेका हुन ।

गौशालास्थित सिद्धार्थ बैंकमा बारम्बार धाउँदा पनि बैंकले खाता खोल्न नमान्दा आफूहरु समयमै समाजिक सुरक्षाभत्त पाउन नसकेको गौशाला नगरपालिका-४ का ज्येष्ठ नागरिक रामऔतार महासेठले बताए । उनले भने, ‘यसभन्दा नेपाल बैंकबाट कारोबारहुँदा समयमै भत्ता पाउँदै आएको तर यसपटक निजीस्तरको सिद्धार्थ बैंकमार्फत कारोबार गर्नका लागि वडा कार्यालयले आग्रह गरेको छ । तर बैंकले खाता खोल्न मानिरहेको छैन । जसले गर्दा ज्येष्ठ नागरिक अझ चिन्तित भएको हुन् ।’

चिसोको मौसममा कपडा र औषधी उपचारको लागि पैसाको आवश्यक भएर बैंकमा जाँदा बैंकले हामीलाई वास्ता नगरेको गौशाला नगरपालिकाकी तेतरीदेवीले गुनासो पोखिन । उनले भनिन, ‘बैंकमा जादा बैंकका कर्मचारीहरुले एकदमै झोक्किएर बोल्ने गरेका छन्। बैंकलाई रकम दिन मन लागेपछि मात्र हामीलाई उनीहरु आफैले बोलाउने भन्दै खाली हात फर्काउदै आएको छ ।’ 

बुधबार नगरपालिकाको मुलगेटमा धर्ना दिएपछि नगरपालिकाले बैंकसँग समन्वय गरेपछि धर्ना कार्यक्रम तत्कालको लागि स्थगित भएको हो । सिद्धार्थ बैंकले  शुक्रबारदेखि सामाजिक सुरक्षा भत्ता वितरण गर्ने भनि जवाफ दिएको नगरपालिका कार्यालय स्रोतले जनाएको छ । 

नगरपालिकाको कार्यालयले गत महिना सो शिर्षकमा बैंकको खातामा ८८ लाख ६३ हजार १३४ रुपैयाँ पठाईएको नगरपालिकाको उपमेयर आशा लामाले बताईन् । उपमेयर लामाले भनिन, ‘बैंकले लापरबाही नै गरिएको हो । यसभदा अगाडि यसबैंकले अन्य बैंकको तुलनामा राम्रो कार्यसम्पादन गर्दै आएको तर यसपटक कर्मचारीकै कारण यस्तो अवस्था सिर्जना भएको हो ।’ 

नगरपालिकाको तर्फबाट बैंकसँग सम्वन्य गर्दा तत्कालै समस्या समाधानका लागि पहलकदमी गर्ने प्रतिवद्धता जनाएको उपमेयर लामाले बताईन । 
 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.