मटिहानीमा २३ लाखको लागतमा बैठक कक्ष निर्माण
महोत्तरी : महोत्तरीको मटिहानीमा २३ लाखको लागतमा बैठक कक्ष भवनको निर्माण गरिएको छ । नगरस्तरीय योजना अन्र्तगत २३ लाखको लागतमा सो भवनको निर्माण भएको हो ।
२७ फिट लम्बाई, १३ फिट चौडाई रहेको सो भवनमा अत्याधुनिक भौतिक पूर्वाधार समेत निर्माण गरिएको नगरपालिकाको कार्यालय स्रोतले जनाएको छ ।
बिहीबार दिउँसो एक समारोहकाबीच नगरप्रमुख हरिप्रसाद मण्डलले सो बैठक कक्षको उद्घाटन गरेका हुन । विगतमा नगरपालिकाको कार्यसम्पादनको लागि बैठकबस्नको निम्ति समस्या हुँदै आएकोमा अब यो कक्षको निर्माण सम्पन्न भएपछि कुनै पनि विषयवस्तुउपर निर्णय लिनको लागि सुलभ हुने नगरप्रमुख मण्डलले बताए ।
प्रतिक्रिया दिनुहोस !