नयाँ वर्षको अवसरमा नेतृ महतोले गरिन् कम्बल वितरण

नयाँ वर्षको अवसरमा नेतृ महतोले गरिन् कम्बल वितरण

महोत्तरी : बाक्लो हुस्सु र चिसोपनाको कारण जनजीवन अत्याधिक मात्रामा प्रभावित भएपछि महोत्तरीको गौशालामा जनता समाजवादी पार्टीकी नेतृ रामकुमारी महतोले कम्बल वितरण गरेकी छिन् ।

अन्तराष्ट्रिय नयाँ वर्ष २०२२ को अवसरमा चियापान कार्यक्रमको आयोजना गर्दै गौशाला नगरपालिका-२ निगौलका विपन्न एवम् दलित समुदायलाई राहतस्वरुप कम्बल वितरण गरिएको हो ।
नेतृ रामकुमारीले व्यक्तिगतरुपमा स्थानीय १ हजार १ सय घरपरिवारलाई जनही १ थानका दरले कम्बल वितरण गरेकी हुन् ।

जाडोयाममा खासगरि वृद्धवृद्धा, गरिब, विपन्न, असहाय अनि पिछिडिएको समुदाय प्रत्यक्ष रुपमा प्रभावित भएपछि उनीहरुलाई जाडोबाट बचाउनका निम्ति प्रतिघरपरिवार एक थानका दरले कम्बल वितरण गरिएको नेतृ महतोले बताईन् । 

आज पहिलो दिन सो संख्यालाई वितरण गरिएको र आवश्यक परेको स्थानमा यो कार्यक्रमलाई निरन्तरता दिईने नेतृ महतोको भनाई रहेको छ । 

त्यस्तै नेतृ महतोले ५ थान कम्बल ईलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक विष्णुप्रदीप बस्याललाई प्रदान गरेकी छिन् । चिसोबाट कैदीबन्दीलाई बचाउनका निम्ति सो कम्बल प्रयोगमा ल्याउने प्रहरीले जनाएको छ । 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.