दाङमा एमाले जिल्ला अधिवेशन : सर्वसम्मत नेतृत्वको छनोटको तयारी
दाङ : एमाले दाङको १३ औं अधिवेशन घोराहीको बहुउद्देशिय सभागृहमा हुने भएको हो। अधिवेशनले जिल्लामा अध्यक्ष, उपाध्यक्ष, सचिव, उपसचिव २ र अन्य सदस्य निर्वाचित गर्नेछ। अधिवेशनबाट १२१ जना निर्वाचित हुने र १० जना मनोनित गरेर १३१ सदस्यीय जिल्ला कार्य समिति हुने एमाले दाङले जनाएको छ।
जिल्ला नेतृत्व सर्वसमत चयन गर्ने एमाले दाङले जनाएको छ। ‘सवै वर्ग र भुगोल मिलाएर सर्वसमत नेतृत्वचयनको काम हुने छ’ एमाले दाङका सचिव मनोहर बुढाथोकीले भने , जिल्ला नेतृत्वमा चुनाव हुँदैन।
अधिवेशनमा शुभकामना दिन पार्टी उपाध्यक्ष युवराज ज्ञवाली जिल्ला आएका छन्। दाङ ज्ञवालीको गृह जिल्लासमेत हो। अधिवेशनमा जिल्लाभरबाट १ हजार ४ सय ३७ जना सहभागि हुने छन्। एमाले दाङले पुस १७ गते जिल्लाका १ सय वडालाई ४६ मतदान केन्द्र निर्धारण गरेर प्रतिनिधि छनोटको काम गरेको थियो।
प्रतिक्रिया दिनुहोस !