दुई घण्टाको अन्तरालमा दुई जनाले गरे आत्महत्या

दुई घण्टाको अन्तरालमा दुई जनाले गरे आत्महत्या

महोत्तरी : महोत्तरीमा दुई घण्टाको अन्तरालमा दुईजनाले आत्महत्या गरेका छन् । शनिबार जिल्लाका फरक फरकस्थानमा गरी दुई घण्टाकै अन्तरालमा दुई जनाले दिउँसो आत्महत्या गरेका हुन् । 

जिल्ला प्रहरी कार्यालय महोत्तरीले दिएको जानकारी अनुसार शनिबार विहान ११ बजेको समयमा पिपरा गाँउपालिका-४ पर्साका २२ वर्षीय रामसुन्दर यादव आफ्नै घरको छानोको बलोमा गम्छाको पासो लगाई झुण्डिदाँ उनको घटनास्थलमै मृत्यु भएको हो । यस्तै मध्यान्ह १२ः४५ बजे गौशाला नगरपालिका-६ फुलकाहाका १५ वर्षीय विजय यादव पनि आफ्नै घरको काठको बलोमा पासो लगाई झुण्डिएको अवस्थामा उनको शव फेला परेको प्रहरीले जनाएको छ ।  

प्रहरीले प्रारम्भिक मुचुल्का सम्पन्न पश्चात पोष्टमार्टम गरी शव उनीहरुको आफन्तले बुझेको महोत्तरीका प्रहरी प्रवक्ता डिएसपी प्रकाश विष्टले बताए । घटनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको डिएसपी विष्टले जानकारी दिए । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.