एमाले गाेरखा अध्यक्षमा गुरुङ
गोरखा : नेकपा एमाले गोरखाको नयाँ कार्यकालको नेतृत्व फेरि पनि प्रेम गुरुङले सम्हालेका छन् । शनिबार सम्पन्न सातौ जिल्ला अधिवेशनबाट अध्यक्षमा गुरुङलाई सर्वसम्मत चयन गरिएको हो ।
गुरुङ यसअघि पनि नेकपा एमालेका अध्यक्ष थिए । अधिवेशनले उपाध्यक्ष पदमा कृष्ण नेपालीलाई सर्वसम्मत चयन गरेको छ । नेपाली यसअघिको कार्यकालमा सचिव पदमा थिए ।
सचिवमा काजीराम रोका सर्वसम्मत चयन भएका छन् । उपसचिवहरुमा राजन गुरुङ, सुरेशबाबु श्रेष्ठ र विशाल थापा सर्वसम्मत चयन भएका छन् । सदस्यहरुमा जनकराज भट्ट, इश्वर रेग्मी, खिलबहादुर राना, चित्र खड्का, रामहरि केशी, भीमबहादुर बोगटी, सुष्मा रोकाहा, धनेन्द्र धमला लगायत ३० जना सर्वसम्मत चयन भएका छन् ।
प्रतिक्रिया दिनुहोस !