दस वर्षदेखि अलपत्र स्वास्थ्य चौकी तीन महिनाभित्र सञ्चालन हुन्छ : नेता पोखरेल
![दस वर्षदेखि अलपत्र स्वास्थ्य चौकी तीन महिनाभित्र सञ्चालन हुन्छ : नेता पोखरेल](https://annapurnapost.prixacdn.net/media/albums/GirirajMani1_20220108150642_C19Z5m2lKu.jpg)
महोत्तरी: एक दशकदेखि अलपत्र अवस्थामा रहेको स्वास्थ्य चौकी अगामी तीन महिनाभित्रै प्रसुती सेवा सञ्चालनमा ल्याउने नेकपा माओवादी केन्द्रका नेता गिरीराजमणि पोखरेलले प्रतिबद्धता जनाएका छन्।
बर्दिवास नगरपालिका १३ मा निर्माणाधीन अवस्थामा रहेको विजलपुरा स्वास्थ्य चौकीलाई अवलोकन गर्दै पूर्वस्वास्थ्यमन्त्री समेत रहेका नेता पोखरेलले स्थानियहरुमा सो आश्वासन बाडेका हुन्।
नेता पोखरेलले विजलपुराका स्थानीयहरुसँग भने, ‘यहाँका स्वास्थ्यक्षेत्रमा एक दशकमा हुन नसकेको काम अवको तीन महिनाभित्रै हुनेछ। सो कार्य आफूले सम्बन्धित पक्षसँगको सहयोगमा गराएर छाडने छु। यहाँ प्रसुति गृह सञ्चालनमा ल्याउनुको साथै पहिल्यै नै तय भएको एम्बुलेन्सलाई समेत प्रभावकारी बनाई पुनः सञ्चालनमा ल्याउने छु। यतिमात्र होइन्, यहाँका दलित समुदायभित्र पनि स्वास्थ्य विमाको कार्यक्रम प्रभावकारी ढंगले संचालनमा ल्याउनेछौं।’
तयारी अवस्थामा रहेको पूर्वाधारमा आवश्यकमात्रामा दक्ष जनशक्ति र उपकरणको व्यवस्थापन गरी सबै पक्षको सहयोगमा प्रसुती सेवा सञ्चालनमा ल्याउने नेता पोखरेल स्थानीयहरुमा विश्वस्त दिलाएका हुन्।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)