अलपत्र अवस्थामा रहेको पूर्वाधारमा प्रसुती सेवा संचालन गर्ने नेता पोखरेलको दाबी
![अलपत्र अवस्थामा रहेको पूर्वाधारमा प्रसुती सेवा संचालन गर्ने नेता पोखरेलको दाबी](https://annapurnapost.prixacdn.net/media/albums/received_303645658442544_20220109051021_4ArZadKKY0.jpeg)
महोत्तरी : एक दशकदेखि अलपत्र अवस्थामा रहेको अस्पतालमा अगामी तीन महिनाभित्रमै प्रसुती सेवा संचालनमा ल्याउने नेकपा माओवादी केन्द्रका नेता गिरीराजमणि पोखरेलले प्रतिवद्धता जनाएका छन् ।
शनिबार दिउँसो बर्दिवास नगरपालिका १३ मा निर्माणाधीन अवस्थामा रहेको विजलपुरा स्वास्थ्य चौकीलाई अवलोकन गर्दै पूर्वस्वास्थ्यमन्त्रीसमेत रहेका नेता पोखरेलले स्थानीयहरुमा सो आश्वासन बाडेका हुन् ।
नेता पोखरेलले विजलपुराका स्थानीयहरुसँग भने, ‘यहाँका स्वास्थ्यक्षेत्रमा एक दशकमा हुन नसकेको काम अवको तीन महिनाभित्रमै हुनेछ । सो कार्य आफूले सम्बन्धितपक्षसँगको सहयोगमा गराएर छाडनेछु । यहाँ प्रसुतीगृह संचालनमा ल्याउनुको साथै पहिल्यै नै तय भएको एम्बुलेन्सलाईसमेत प्रभावकारी बनाई पुनः संचालनमा ल्याउनेछु । यतिमात्र होईन् यहाँका दलित समुदायभित्र पनि स्वास्थ्य बिमाको कार्यक्रम प्रभावकारी ढंगले संचालनमा ल्याउनेछौ ।’
तयारी अवस्थामा रहेको पूर्वाधारमा आवश्यकमात्रामा दक्ष जनशक्ति र उपकरणको व्यवस्थापन गरी सबैपक्षको सहयोगमा प्रसुती सेवा संचालनमा ल्याउने नेता पोखरेल दाबी गरेका हुन् ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)