सीमामा छैन सावधानी, दैनिक हजारौको संख्यामा ओहोरदोहोर

सीमामा छैन सावधानी, दैनिक हजारौको संख्यामा ओहोरदोहोर

विराटनगर : पूर्वी नेपालको प्रमुख नाका विराटनगरको रानी नाकाबाट दैनिक हजार भन्दा बढी ओहरदोहर गर्ने गरेका छन् । तर तेश्रो चरणको नयाँ भेरिअन्टको ओमिक्रोन फैलनबाट रोक्ने कुनै समाधान अपनाइएको छैन् ।

विराटनगर महानगरपालिकाले एक हेल्थ डेक्स स्थापना गरेता पनि त्यहाँ भारतबाट आउने यात्रुको कोरोना परिक्षण नगराई नेपाल सहजै प्रवेश गर्ने गरेका छन्  ।

भारतीय रेल आएको बेला डेक्सका कार्यरत कर्मचारीहरुले स्थानीय प्रहरीको सहयोगमा कोरोनाको एन्टीजेन् चेक गर्ने गरेको छ । दैनिक रुपमा १सयको हराहारीमा हेल्थ डेक्समा भारतबाट आउनेको परिक्षण गर्ने गरेको त्यहाँ कार्यरक्त चिकित्सक सुरेन्द्र यादवले जानकारी दिए ।

उनका अनुसार पुष महिनाको हेल्थ डेक्समा कोरोनाको एन्जीजेन्ट जेकबाट २२ जनामा कोरोना पोजेटिभ देखिएको हो । १२ जना भारतीयसहित १० जना नेपालीमा कोरोना देखिएको उनले जानकारी दिए । यादवका अनुसार सिमासंग जोडिएको पूर्णीया, फारबिसगंज लगायतका स्थानमा नेपाल आउन लागेकाहरु रहने गरेका छन्  । 

नेपालीहरु मध्ये भारतको दिल्लीमा कार्यरक्त मजदुर, विधार्थी र स्वास्थ्य चेकजाचका लागि गएको बिरामीहरु रहेका छन् । हेल्थ डेक्सले भारतीयलाई भारततर्फ फर्खाउने गरेका छन् भने नेपालीलाई होम आइसोलेसन्मा बस्न पठाउने गरेको छ । यादवले भने–‘आफै कोही आउँदैन, हामीले प्रहरीको सहयोगमा लामो दूरीको यात्रा गरेर आएको हुलीयाका अधारमा चेक गर्ने गरेका छौं ।‘आउनैे मान्दैनन्, उनले भने–‘शंका लागेपछि चेक गर्न ल्याउने गरेका छौ ।

पछिल्लो समय रानी नाकाहुँदै भारतबाट नेपाल प्रवेश गर्ने नागरिकमा कोरोना संक्रमण देखिन थालेका छ । संक्रमण देखिन थालेपनि सावधानी अपनाएको छैन् । संक्रमण देखिएर होम आइसोलेसन पठाएका मान्छेपनि बाहिर बस्ने गरेका बताइएको छ । 

अंग्रेजी नयाँ वर्ष मनाउन भेडेटार हिडेका एक युवा र अर्को एक जना बच्चामा गरीएको  एन्टिजेन परिक्षण कोरोना पुष्टि भएको थियो । ५ सावर रहेको गाडीबाट दुई जनाले परिक्षण गराएपनि अरुले बिना परिक्षण गराएर नेपाल  छिरेर नया वर्ष मनाएर गएका थिए  ।

प्रदेश नं.१ सरकारले कोभिडविरुद्धको प्रतिकार्यलाई प्रभावकारी बनाउन रोकारवाला पक्षसँग छलफल गरेर तयारी अवस्थामा रहेको जनाएको छ । प्रदेश १को समाजिक विकास मन्त्री जयराम यादवले प्रदेशको १४ वटै जिल्लामा रहेको अस्पताल एवं जिल्ला जनस्वास्थ्य कार्यालयमा प्रमुखलाई तयारी अवस्थामा रहन निर्देशन दिएको बताए । 

प्रदेश सरकारले प्रदेश नं.१का मुख्यमन्त्री राजेन्द्रकुमार राईको अध्यक्षतामा कोभिडको नयाँ भेरिएन्टकारुपमा देखा परेको ओमिक्रोनविरुद्धको तयारीमा जुट्न सम्बन्धित निकायहरूलाई निर्देशन समेत दिएको  थियो । ‘हामी सजग हुनुपर्ने अवस्था आएको छ’ मन्त्री यादलवले भने, ‘नयाँ भेरिअन्ट देखापरेको अवस्थामा सरकारी संयन्त्रमात्र होइन सबैप्रकारका संयन्त्र परिचालित गरेर नियन्त्रणमा राखिने तयारीमा छौ ।’ मन्त्री यादवले कोभिड अस्पतालसंगै अन्य उपचारमा लाग्ने औषधीहरुको व्यवस्थापनामा कुनै कमी नरहेको जानकारी दिए । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.