होल्डिङ सेन्टर व्यवस्थापनमै अन्योल

होल्डिङ सेन्टर व्यवस्थापनमै अन्योल

महेन्द्रनगर : कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ सालघारीमा निर्माणाधीन एक हजार बेड क्षमताको होल्डिङ सेन्टरको काम ९० प्रतिशत पूरा भएको छ। निर्माण कम्पनीले तत्काल ३ सय बेड तयारी अवस्थामा राखेको छ भने डेढ सय बेड तयार हुँदैछ। तर, उक्त होल्डिङ सेन्टरको व्यवस्थापन कसले गर्ने भन्नेमै अन्योल देखिएको छ । संक्रमितहरूको बसोबासदेखि उनीहरूको खानपिन र स्वास्थ्यकर्मी कहाँबाट परिचालन हुने र यसको व्यवस्थापन कसले गर्ने भन्ने केही स्पष्ट छैन। 

होल्डिङ सेन्टरको व्यवस्थापनका लागि स्थानीय सरकारले प्रदेश सरकारको भरमा छ भने प्रदेश सरकारले केन्द्र सरकारको मुख ताकेको छ। कोरोनाको तेस्रो लहर सुरु भइसक्दासमेत कोरोना महामारी र यसको नियन्त्रण व्यवस्थापनमा अन्योलता देखिएको छ। पछिल्लो एक सातायता भारतबाट आउने नेपालीमा दिन प्रतिदिन कोरोना संक्रमण बढ्दै गएको छ। भारतबाट दैनिक ७÷८ सय नेपाली घर फर्किरहेका छन्। आइतबार गड्डाचौकी नाकामा १८ जनामा र सोमबार २९ जनामा संक्रमण पुष्टि भएको छ। एक सातामा संक्रमित हुनेको संख्या १ सय पुगेको छ। हेल्थ डेस्क गड्डाचौकीका अनुसार महेन्द्रनगरबाट दिल्लीमैत्री बस सेवामा घर फर्किनेहरू बढी संक्रमित भेटिन थालेका छन्।

सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री लालबहादुर खड्काले कैलाली र कञ्चनपुरमा निर्माणाधीन होल्डिङ सेन्टरलाई तत्काल सञ्चालनमा ल्याएर संक्रमितलाई राख्ने तयारी भइरहेको बताए। उनले होल्डिङ सेन्टरको व्यवस्थापन कसले गर्ने अन्योल भएकाले स्थानीय तह र संघ सरकारसँग समन्वय गरिरहेको बताएका छन्। ‘होल्डिङ सेन्टर कसले कसरी सञ्चालन र व्यवस्थापन गर्ने भन्ने अन्योल देखिएको छ,’ उनले भने, ‘यसको छिटो समाधानका लागि हामी संघ र स्थानीय तहसँग छलफलमा छांै।’

होल्डिङ सेन्टर निर्माणको जिम्मा पाएको हनुमान कन्सट्रक्सन प्रालिले तत्कालका लागि ३ सय बेड तयारी अवस्थामा राखेको बताएको छ। १ हजार क्षमताको होल्डिङ सेन्टरको काम यही पुस मसान्तभित्र सक्नुपर्ने 
भए पनि बजेट भुक्तानी नहुँदा काम गर्न नसकिएकोे निर्माण कम्पनीका लक्ष्मण सापकोटाले बताए। ‘कामअनुसारको भुक्तानी हुन नसक्दा केही ढिलाइ भएको हो,’ उनले भने, ‘यही पुस मसान्तभित्र काम सक्नुपर्ने भए पनि ९० प्रतिशत काम मात्रै सकिएको छ ।’

महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालमा कोरोना संक्रमित भरिन थालेका छन्। नाकामा संक्रमण देखिएकालाई अस्पतालमै राख्ने गरिएको छ। तर, होल्डिङ सेन्टर सञ्चालन भएपछि लक्षण देखिएका वा स्वास्थ्यमा समस्या भएकालाई मात्रै अस्पतालमा राख्ने र अन्यलाई होल्डिङ सेन्टरमा राखिने तयारी भइरहेको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डेयले बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.