शितलहरबाट बचाउन दलित समुदायका बालबालिकालाई स्वीटर प्रदान

शितलहरबाट बचाउन दलित समुदायका बालबालिकालाई स्वीटर प्रदान

महोत्तरी : शितलहरले गर्दा यहाँका जनजीवन प्रत्यक्ष रुपमा प्रभावित भएपछि जिल्ला विपद् व्यवस्थापन समितिले दलित समुदायका छात्रछात्राहरुलाई न्यानोकपडा वितरण गरेको छ। विहीबार जिल्लाका औरही नगरपालिका-२स्थित जान्हवी आधारभुत चेवकट र जनता आधारभूत विद्यालय फूलवरीयाका बालविकासतर्फका दलित सुमदायका बालवालिकाहरुलाई समितिले न्यानो स्वरुप स्वीटर वितरण गरिएको हो। 

जिल्लास्थित सामुदायिक विद्यालयका दलित समुदायका बालबालिकालाई चिसोबाट बचाउनका लागि विपद् व्यवस्थापन समितिमार्फत उनीहरुलाई स्वीटर वितरण गरिएको हो। संघीय सरकारमार्फत प्राप्त अनुदानअन्र्तगत जिल्लाभरिका विद्यालयमा गई छात्रछात्रालाई स्वीटर वितरण गरिने प्रमुख जिल्ला अधिकारी बासुदेव दाहालले बताए। प्रमुख जिल्ला अधिकारी दाहालले चिसोले गर्दा खासगरी बालबालिकाहरु नराम्ररी प्रभावित भएपछि उनीहरुलाई जिल्ला विपद् व्यवस्थापनकोतर्फबाट स्वीटर वितरण गरिएको जानकारी दिए। 

चिसोको समयमा अन्य समुदाय तथा वर्गलाई बचाउनुपर्ने आवश्यक भएकोले सबैको सकारात्मक सहयोग लिई स्थानीय सरकारको सकारात्मक भूमिकामा आउनुपर्नेमा प्रमुख जिल्ला अधिकारी दाहालले जोड दिएका हुन्। 

त्यस्तै आज नै जिल्लाको लोहरपट्टी नगरपालिकाका २ वटा सामुदायिक विद्यालयमा पनि सो समितिकोतर्फ स्वीटर वितरण गरेका थिए।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.