१० वर्षमा पनि बनेन पुल

१० वर्षमा पनि बनेन पुल

हेटौंडा : निर्माण कम्पनीले सम्झौता सकेको १० वर्ष बिते पनि अझै मकवानपुर र सिन्धुली जोड्ने पक्की पुल निर्माण सकिएको छैन। मदन भण्डारी लोकमार्गअन्तर्गत मकवानपुरको बागमती गाउँपालिका–४ र सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–३ जोड्ने पुल निर्माण सम्पन्न नभएको हो। 

२०६८ असार २९ गते पाँच वर्षभित्र पुल निर्माण गर्नेगरी स्वच्छन्द भैरव निर्माण कम्पनीले तत्कालिन धरान–चतरा–सिन्धुली–हेटौंडा सडक आयोजना (हाल मदन भण्डारी लोकमार्ग सडक आयोजना)सँग सम्झौता गरेको थियो। तर, पाँच पटक म्याद थपेर कम्पनीले बल्ल पुल निर्माण अन्तिम चरणमा पुर्‍याएको छ। अझै पुलसम्म पुग्ने सडक निर्माणको काम बाँकी छ।

२३ करोड लागत रहेको यसको लम्बाइ ४ सय १३ मिटर र चौडाइ ७ दशमलव ७० मिटर रहेको छ। निर्माण कम्पनीका सञ्चालक जयराम लामिछानेले २०७८ चैत मसान्तसम्म सबै काम सकाउने र वैशाख १५ भित्र नेपाल सरकारलाई हस्तान्तरण गरिसक्ने प्रतिबद्धता व्यक्त गरेका छन्। उक्त पुल नबन्दा मकवानपुर र सिन्धुलीका मात्र नभई प्रदेशको मुकामसँगको सम्पर्कमा सामेत असर परेको छ। 

सम्झौता अवधिमा पुल निर्माण हुन नसकेपछि २०७५ असोजसम्म म्याद थप गरिएको थियो। उक्त अवधिमा पनि काम नसकेपछि सडक विभागमा २०७७ जेठसम्मको म्याद थपिएको। २०७७ जेठभित्र पुल हस्तान्तरण नभएपछि थप दुई पटक सडक निर्माणको म्याद थपिएको मदन भण्डारी सडक आयोजनाले जनाएको छ। हाललाई २०७८ चैत्र मसान्तसम्म म्याद थप भएको छ। ठेक्का लिएपछि निर्माण कम्पनीले क्यानन गौतम जेभीलाई पेटी ठेक्कामा काम दिएको थियो। तर, सात वर्षको बीचमा १२ वटा पिल्लर हालेर पेटी ठेकेदार बेपत्ता भएपछि स्वच्छन्द भैरव आफैले तीन वर्षदेखि निर्माण गरिरहेको सञ्चालक लामिछानेले बताए। 

‘दुईपटक डिजाइन परिवर्तन गर्नुपर्‍र्यो, पिलर मुनी ढुङ्गा भेटिएकाले पनि केही समय काम प्रभावित भयो’, उनले भने। कम्पनीले पर्याप्त जनशक्ति राखेर काम गर्न नसक्दा पनि ढिलाई भएको बागमती गाउँपालिकाका अध्यक्ष सर्केश घलानले बताए। 

निर्माण कार्यमा कम्पनीले लापरबाही गरेको भन्दै सडक आयोजनाले काम सम्पन्नताको आधारमा पहिलो चरणमा ३५ प्रतिशत, दोश्रो चरणमा १५ प्रतिशत र निर्माण पूरा सम्पन्न भएपछि बाँकी ५० प्रतिशत भुक्तानी दिने सम्झौता गरेको छ। हालसम्म आयोजनाले सम्झौता रकमको ८० प्रतिशत निर्माण कम्पनीलाई भुक्तानी गरिसकेको छ। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.