गौशालाका मुसहरलाई आन्तरिक मामिला मन्त्रीले बाँडे कम्बल

गौशालाका मुसहरलाई आन्तरिक मामिला मन्त्रीले बाँडे कम्बल

महोत्तरी : शितलहर तथा बाक्लो हुस्सुको कारण जनजीवन प्रत्यक्षरुपले प्रभावित भएपछि गौशालाका मुसहरलाई कम्बल प्रदान गरिएको छ। मधेश सरकारका आन्तरिक मामिला तथा संचारमन्त्री भरतप्रसाद साहले गौशाला नगरपालिका-६ फुलकाहाका ५० घरपरिवारलाई राहतस्वरुप कम्बल वितरण गरेका हुन्।

प्रदेश सरकारको विपद व्यवस्थापन समितिको सहयोगमा उक्त घरपिरवारलाई जनही १/१ थानका दरले कम्वल प्रदान गरेका हुन्। मंगलबार वस्तिमा पुगि मन्त्री साहले मुसहर समुदायलाई कम्बल वितरण गरेका थिए ।

विगत केही दिनयता निरन्तररुपले बढेको चिसोले जनजीवन प्रत्यक्षरुपले प्रभावित हुँदा राहतस्वरुप उनीहरुलाई कम्बल प्रदान गरिएको मन्त्री साहले बताए। सोहीविच मन्त्री साहले चिसोको समयमा विशेष सावधानी अपनाई कामकाज गर्नका लागि सर्वसधारणसमक्ष आग्रह गरेका छन।

कार्यक्रमकाबीच गौशाला-६ का वडाअध्यक्ष नथुनी राउत, वडा नं ७ का वडाअध्यक्ष किशुनदेव कुमर लगायतकाको उपस्थिति रहेको थियो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.