कोशी अस्पतालका चिकित्सकसहित ७५ जना कर्मचारीमा कोरोना
विराटनगर : विराटनगरस्थित कोशी अस्पतालका ७५ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ। पछिल्लो स्वास्थ्य परीक्षणमा ७५ जनामा संक्रमण पुष्टि भएको हो। एउटै लटमा यति धेरै कर्मचारीमा संक्रमण पुष्टि भएपनि अस्पतालको सेवा प्रभावित भएको छैन।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट(मेसु) डा.चुमनलाल दासले यति धेरैमा कोरोना संक्रमण देखिएपछि नियमित स्वास्थ्य सेवा दिँदै आएको बताए। उनले केही समस्या भएपनि सेवामा कुनै कठिनाइ नभएको जानकारी दिए। अस्पतालको ५सयको हराहरीमा जनशक्ति कार्यरत्त रहेका छन्।
उनका अनुसार ११ जना चिकित्सक र १३ जना परामेडिकलसहित ७५ संक्रमित भएको छ। अहिलेसम्म सवैसंग सवन्वय गरेर सेवा सञ्चालन गरिरहेका छौं, उनले भने–‘संक्रमित बढेपछि समस्या हुनेछ। हाल कोशी अस्पतालमा नियमित कोरोना परीक्षण भइरहेको छ।
चिकित्सकहरु नै संक्रमित बनेपछि अस्पताललाई बिरामी जाँच्नसमेत समस्या भएको बताएको छ। त्यसैगरी प्रदेश सरकारले सञ्चालन गरेको कोभिड १९ अस्पतालमा कार्यरत एकसहित ३ जनाका कोरोना संक्रमण भएको छ। अस्पतालका प्रवक्ता अनुपम राववंशीले ७८ जना कर्मचारी कार्यरत्त रहेका एक जना नर्स र २ जना कार्यालय सहयोगी संक्रमण भएको जानकारी दिए। सबैजना होम आइसोलेन्सनमा रहेको उनले जानकारी दिए।
प्रतिक्रिया दिनुहोस !