कर्मचारी संक्रमित भएपछि गुल्मी प्रशासनको सेवा ठप्प
गुल्मी : कर्मचारीहरु कोरोना संक्रमित भएपछि जिल्ला प्रशासन कार्यालय गुल्मीले अत्यावश्यक बाहेकका सवै सेवा ठप्पपार्ने भएको छ। मंगलवारदेखि लागू हुनेगरी अर्को सूचना जारी नहुँदासम्म सेवा बन्द गरिएको प्रशासनले विज्ञप्ती मार्फत जानकारी गराएको छ। अत्यावश्यक सेवा अन्तर्गत शान्ति सुरक्षा र विपत् व्यवस्थापनको सेवा मात्र प्रवाह हुने विज्ञप्तीमा उल्लेख गरिएको छ।
सहायक प्रमुख जिल्ला अधिकारी सहित, नागरिकता, राष्ट्रिय परिचयपत्र र सहायता कक्षमा कार्यरत कर्मचारीहरु संक्रमित भएको प्रशासनले जनाएको छ। जरुरी सेवा लिन आउने सेवाग्राहीहरुले स्वास्थ्य सुरक्षाका मापदण्डसहित खोप कार्ड लिएर आउनसमेत कार्यालयले आग्रह गरेको छ। हाल जिल्लामा २ सय ८८ जना संक्रिय संक्रमित छन्।
प्रतिक्रिया दिनुहोस !