बागमतीमा राष्ट्रियसभा सदस्य निर्वाचनको तयारी पूरा

बागमतीमा राष्ट्रियसभा सदस्य निर्वाचनको तयारी पूरा

हेटौंडा : राष्ट्रिय सभाको बागमती प्रदेशमा रिक्त रहेको दुई सदस्य पदमा बुधबार हुने निर्वाचनको तयारी पूरा भएको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ। मुख्य निर्वाचन अधिकृत डिल्लिरत्त श्रेष्ठले बुधबार बिहान ९ बजेबाट मतदान सुरु हुने जानकारी दिए। हेटौंडा औद्योगिक क्षेत्र ब्यवस्थापन कार्यालय परिसरमा दिउँसो ३ बजेसम्म मतदान हुने र साँझ ७ बजेसम्म परिणाम सार्वजनिक गर्ने तयारी रहेको उनले जानकारी दिए। स्वास्थ्य मापदण्ड पूरागरी निर्वाचनको ब्यवस्थापन गरिएको श्रेष्ठले बताए। 

निर्वाचनमा ६ जना उम्मेदवारबीच प्रतिस्पर्धा हुँदैछ। गठबन्धनबाट नेपाली काँग्रेसका कृष्णप्रसाद पौडेल र नेकपा एकीकृत समाजवादीकी गोमा तिमल्सिना चुनावी प्रतिस्पर्धामा रहेका छन्। नेकपा एमालेबाट गोपाल शाक्य र निरकुमारी कुँवर दर्लामीले गठबन्धनका उम्मेदवारसँग प्रतिस्पर्धामा उत्रिएका छन्। नेपाल मजदुर किसान पार्टी (नेमकिपा)को तर्फबाट कृष्ण तामाङ र गिता काफ्ले चुनावी मैदानमा छन्। 

बागमती प्रदेशका मुख्यमन्त्री तथा गठबन्धनका नेता राजेन्द्र पाण्डेले गठबन्धनको उम्मेदवारले सहजै निर्वाचन जित्ने दाबी गरे। नेकपा एमाले बागमती प्रदेश संसदीय दलका मुख्य सचेतक दिपक निरौलाले पार्टीका दुबै उम्मेदवारले निर्वाचन जित्नेमा आशावादी रहेको बताए। 

निर्वाचनमा वागमती प्रदेशसभा सदस्य एकसय नौं जना र प्रदेशका १३ जिल्लाका एकसय १९ स्थानीय तहका प्रमुख र उपप्रमुख गरी दुईसय ३८ गरी तीनसय ४७ मतदाता रहेका छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.