पिपरा गाँउपालिकामा अख्तियारको छापा
![पिपरा गाँउपालिकामा अख्तियारको छापा](https://annapurnapost.prixacdn.net/media/albums/akhatiyar-office_20191202093301_NCLVf1uJOG.jpg)
महोत्तरी : महोत्तरीको पिपरा गाउँपालिकामा अख्तियारले छापा मारेको छ। मंगलबार आयोगमा परेको उजुरीको आधारमा कार्यालयमा छापा मारेर आवश्यक कागजात नियन्त्रणमा लिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासका सूचना अधिकारी मनिराम ज्ञावालीले बताए।
गाउँपालिका कार्यालयविरुद्ध विभिन्न ३२ वटा उजुरी परेको ज्ञवालीले जानकारी दिएका छन्। जनप्रतिनिधि र कर्मचारीले विभिन्न योजनामा अनियमितता गरेको लगायतका उजुरी अख्तियारमा परेको थियो। सोही उजुरीको आधारमा अख्तियारको टोलीले गाउँपालिकामा छापा मारेको हो।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)