बागमतीमा गठबन्धनका पौडेल र तिमल्सिना विजयी

बागमतीमा गठबन्धनका पौडेल र तिमल्सिना विजयी

हेटौंडा: राष्ट्रिय सभाको बागमती प्रदेशमा रिक्त रहेको दुई सदस्य पदमा गठबन्धनका उम्मेदवार विजयी भएका छन्। नेपाली कांग्रेसका कृष्णप्रसाद पौडेल र नेकपा एकीकृत समाजवादीकी गोमा तिमल्सिना विजयी भएका हुन्। पौडेल र तिमल्सिना क्रमशश चार सय ५० र चार सय ६२  मतभारले विजयी भएका हुन्।

अन्य सदस्य पदमा गठबन्धन दल नेपाली कांग्रेस उम्मेदवार कृष्णप्रसाद पौडेलले चार हजार सात सय ९४ मतभार प्राप्त गरेका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका गोपाल शाक्यले चार हजार तीन सय ४४ मतभार  प्राप्त गरेका छन्। नेमकिपाका उम्मेदवार कृष्ण बहादुर तामाङले एकसय ३२  मतभार प्राप्त गरे। 

महिला सदस्यमा तिमल्सिनाले चार हजार आठ सय २४ मतभार प्राप्त गरेका छन्। उनका निकटम प्रतिष्पर्धी नेकपा एमालेकी उम्मेदवार निरु कुमारी कुँवरले चार हजार तीन सय ६२ मतभार प्राप्त गरेका छन्। त्यस्तै नेमकिपाका महिला उम्मेदवार गिता काफ्लले एकसय ३२ मतभार प्राप्त गरेको निर्वाचन कार्यालयले जनाएको छ। 

स्थानीय तहतर्फ स्थानीय तह अन्तर्गत दुई सय ३७ मतदाताले मतदान गरेकोमा अन्य समूहको सदस्य पदका उम्मेदवार पौडेलले एकसय १७ मत र शाक्यले एकसय १६ मत प्राप्त गरेका छन्। नेमकिपाका उम्मेदवार तामाङले दुई मत प्राप्त गरेका छन्। महिलातर्फका उम्मेदवार तिमल्सिनाले एकसय १६ मत र कुँवरले एकसय १७ मत प्राप्त गरेको निर्वाचन कार्यालयले जनाएको छ। नेमकिपाकी गीता काफ्लेले दुई मत प्राप्त गरेका थिए। स्थानीय तहतर्फ महिला र अन्य दुबैमा दुई-दुई मत बदर भएको थियो।

प्रदेशसभा सदस्य तर्फ एक सय छ मत खसेकोमा अन्य समूहको सदस्य पदमा प्रदेशसभा सदस्यको ५६ मत पौडेलले र शाक्यले ४७ मत प्राप्त गरेका छन्। नेमकिपाका उम्मेदवार तामाङले दुई मत प्राप्त गरेका छन्। महिलातर्फ तिमल्सिनाले ५७ मत र कुँवरले ४७ मत पाएका छन्। नेमकिपा उम्मेदवार काफ्लले दुई मत प्राप्त गरेका छन्। निर्वाचनमा तीन सय ४६ मतदाता रहेको विवेकशील साझा पार्टीका तीन जना मतदाता अनुपस्थित भएका थिए। प्रदेशसभाका एक जना सदस्यको ४८ र स्थानीय तहका प्रतिनिधिको १८ मत भार गणना गरिन्छ।

विजयी भएपछि पौडेल र तिमिल्सिनाले संविधानको मर्मअनुसार देशको हित र विकासमा काम गर्ने प्रतिबद्धता ब्यक्त गरे। हेटौंडा औद्योगिक क्षेत्र ब्यवस्थापन कार्यालय परिसरमा मतदान भएको थियो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.