ठेकेदार छनोटमा ढिलाइ
गोरखा : सम्झौता भएको दुई वर्षसम्म पन्थडिही–कटहरे–हर्मी–मुगे सडक कालोपत्रे प्रक्रिया अघि बढ्न सकेको छैन। सडक सुधार तथा विकास निर्देशनालय (आरआईडीपी) ठेकेदारको पूर्वयोग्यता छनोटमै अल्झिरहेको छ।
एक्जिम बैंक अफ इन्डियाले नेपाल सरकारसँग उक्त योजनाका लागि ऋण दिने सम्झौता गरेको थियो। ‘पहिलो पटक कुनै पनि निर्माण कम्पनीको छनोट प्रक्रिया रद्द भयो। दसैंबाट फेरि प्रक्रिया सुरु भएको थियो,’ आरआईडीपीका प्रमुख रोहित बिसुरालले भने, ‘केही दिनमै नतिजा आउँछ।’ आफूहरूको तर्फबाट बारम्बार छलफल भइरहेको उनले बताए। ‘यो लामै समय लाग्ने प्रक्रिया हो’, उनले भने, ‘निर्माण कम्पनी सर्टलिस्ट भएपछि मात्र टेन्डर हुन्छ।’ एक्जिम बैंकको ऋण सहयोगमा नेपालका १२ योजनाको काम अघि बढिरहेको छ। आईईई, सर्भे डिजाइनलगायत काम सम्पन्न भइसकेको निर्देशनालयले जनाएको छ। सडकको आठ किमि पालुङटार–१ मा, आठ किमि २ नं वडामा र चार किमि सिरानचोक–३ हर्मी क्षेत्रमा पर्छ।
पालुङटार–१ का वडाध्यक्ष कृष्णबहादुर परियारका अनुसार सडकका कारण क्षति हुने घरगोठलगायत संरचनाको क्षतिपूर्ति लिने तर जग्गाको मुआब्जा नलिने विषयमा गत वर्ष नै स्थानीयसँग सहमति जुटिसकेको छ।
प्रतिक्रिया दिनुहोस !