प्यूठान जन्ती सवार जीप दुर्घटना : बेहुली गम्भीर, बेहुला सामान्य घाइते

प्यूठान जन्ती सवार जीप दुर्घटना : बेहुली गम्भीर, बेहुला सामान्य घाइते

प्यूठान : मध्यराती जन्ती सवार जीप दुर्घटनामा परी घाइते भएका मध्ये चार जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। घाइतेमध्ये बेहुली नौबहिनी ६ किमिचौर निवासी २० वर्षीया रिमा जि.सीको अवस्था गम्भीर छ भने बेहुला लिवाङका २५ वर्षीय दानबहादुर खड्काको अवस्था सामान्य रहेको प्यूठानका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक देवीप्रसाद गैरेले जानकारी दिए। 

शनिबार राती १ बजे नौवहिनी गाउँपालिका ६ लुङबाट दुलही लिएर गौमुखी गाउँपालिका ६ ओखरपाटामा आउँदै गरेको जीप दुर्घटना भएको हो।

घाइतेमध्ये बेहुली नौबहिनी ६ किमिचौर निवासी २० वर्षीया रिमा जि.सी, सोही ठाउँकी २५ वर्षीय साबित्रा जि.सी, गौमुखी ६ लिवाङका १७ वर्षीय नरेश खड्का र २१ वर्षीय हरि बुढामगरको अवस्था गम्भीर छ। बेहुला लिवाङकै २५ वर्षीय दानबहादुर खड्काको अवस्था सामान्य रहेको प्रहरी प्रवक्ता गैरेले बताए।

गम्भीर घाइते मध्ये बेहुली रिमा जिसी, नरेश खड्का र हरी बुढामगरलाई थप उपचारका लागि बुटवल रिफर गरिएको छ। अन्य दुई जनाको जिल्ला अस्पताल विजुवारमा उपचार भइरहेको छ। ग १ ज ५०९२ नम्बरको जीपमा १३ जना जन्ती सवार थिए। जीप सडकबाट करिव १ सय ५० मिटर तल खसेको प्रहरीले जनाएको छ। दुर्घटनामा परी आठ जनाको ज्यान गएको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.