गौशालामा सुधारगृह भवनको शिलान्यास

गौशालामा सुधारगृह भवनको शिलान्यास

महोत्तरी : महोत्तरीको गौशालामा शेखरस्मृति सुधारगृह भवनको निर्माण कार्यको शुभाराम्भ भएको छ। विहीबार एक समारोहकाबीच मधेश प्रदेशका आन्तरिक मामिला तथा संचारमन्त्री भरतप्रसाद साहले सो सुधारगृह भवनको शिलान्यास गरिएको हो। 

गौशाला नगरपालिका-८ स्थित सोनी खोलाको किनारमा प्रदेश सरकारको ८४ लाख ४ हजार १ सय ४४ रुपैयाँको लगानीमा सो अत्याधिनुक सुविधा सम्पन्न भवनको निर्माण हुने आन्तरिक मामिला तथा संचारमन्त्रालयका ईन्जिनियर जितेन्द्र महराले बताएका छन्। २ तल्ले सो भवन असार मसान्तसम्ममा निर्माण हुने ईन्जिनियर महराले जानकारी दिए। 

कुलतमा फसेका यसक्षेत्रका युवाहरुलाई लक्षित गर्दै यसभेगमा प्रदेशस्तरीय सुधारगृहको निर्माण हुने भएको मधेश प्रदेशका आन्तरिक मामिला तथा संचारमन्त्री भरतप्रसाद साहले बताए। मन्त्री साहले भने, ‘लागुऔषधको दलदलीमा यहाँका युवाहरु दिनानुदिन फस्दैछन्। आर्थिक अवस्था कमजोर रहेको त्यस्ता युवाको सरकारीस्तरबाट सर्वसुलभ एवम् दक्ष प्राविधीकको निगरानीमा सेवा उपलब्ध हुनेछ।’ भौगोलिकरुपमा मधेश प्रदेशको बीच भागमा पर्ने यो स्थानमा समाजबाट तिरस्कारित भएका युवाहरुको सुधार गर्नका लागि यहाँ राखिने मन्त्री साहले बताए। 

१४ देखि १६ उमेरका युवाहरु कुलतमा फस्दै गएको अवस्थामा प्रदेश सरकारले यहाँ सुधारगृह निर्माण गरी ठूलै योगदान ल्याएको गौशाला नगरपालिकाका मेयर शिवनाथ महतोले बताए। अगामी दिनमा नगरपालिकाले सक्दो सहयोग गरी यस संस्थालाई व्यवस्थित गर्नका निम्ती हरेक किसिमको भुमिका निर्वाह गरिने मेयर महतोले आश्वासन दिएका हुन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.