चप्पल पसलमा आगलागी : मृत्यु भएका पाँच जनाकै सनाखत (अपडेट)

चप्पल पसलमा आगलागी : मृत्यु भएका पाँच जनाकै सनाखत (अपडेट)

दाङ : तुलसीपुर बजारको एक जुत्ता चप्पल पसलमा लागेको आगलागीमा परेर मृत्यु भएका पाँच जनाको सनाखत भएको छ। तुलसीपुर उपमहानगरपालिका ५ ‘ङ’ लाईनस्थित तुलसी बोर्डिङ चोक नजिकै रहेको इरम फुटवेयर जुत्ता चप्पल पसलको गोदाममा आगलागी हुँदा मृत्यु हुनेमा तुलसीपुर-५ का ४२ वर्षीय नजरद्दिन अली, अन्दाजी ५ वर्षीय बालक अविनद्दिन अली, १६ वर्षीय मसिन बकस, १४ वर्षीय हसन बकस र १२ वर्षीय साजिता खातुन रहेको प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले जानकारी दिए ।

गएराति दुई बजेतिर भएको आगलागी हुँदा घर भित्र फसेका उनीहरुको मृत्यु भएको उनले जानकारी दिए। आगलागी घटनाबाट ३८ वर्षीय अमर डाँगीको सकुशल उद्धार गरिएको उनले जानकारी दिए। अझै आगो पूर्णरुपमा नियन्त्रणमा आएको छैन। अहिले इलाका प्रहरी कार्यालय तुलसीपुर, नेपाली सेना, सशस्त्र प्रहरी, स्थानीय तथा तुलसीपुर र घोराही उपमहानगरपालिकाको दमकलको सहायताले आगो नियन्त्रणमा लिने प्रयास भईरहेको छ। 

विद्युत सर्ट भएर आगलागी भएको हुन सक्ने आंशका गरिएको उनले बताए। आगलागीका कारण ठूलो मानवियसंगै करोडौ मुल्य बराबरको क्षति भएको अनुमान गरिएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.