अरुण नदीको बेलीब्रिज भाँचियो, तीनवटा ट्रक पुलमै अड्कियो

अरुण नदीको बेलीब्रिज भाँचियो, तीनवटा ट्रक पुलमै अड्कियो

संखुवासभा: संखुवासभाको मकालु गाउँपालिका-५, नुम र १, वालुङ जोड्ने बेलीब्रिज भाँचिएको छ। अरुण नदीमा रहेको चक्र कृष्ण पुल शनिबार दिउँसो भाँचिएको प्रमुख जिल्ला अधिकारी नुरहरी खतिवडाले जानकारी दिए। ट्रकमा सवार चालक र सहचालक सकुशल रहेको उनले बताए।

निर्माणाधीन इप्सुवा हाइड्रो पावरको निर्माण सामाग्री लिएर गएको तीन वटा ट्रक (लोवेट) पुल भाँचिएपछि अरुण नदीमा खसेको छ। पुलको भन्दा बढी क्षमताभन्दा सामाग्री बोकेर एकैपटक तीनवटा ट्रक तर्ने क्रममा फुल भाँचिएको मकालुका कार्यपालिका सदस्य मकालु गाउँपालिका कार्यापालिका सदस्य पुरण याम्फुले बताए। दुई वटामा रड र एउटामा आयोजनाको ट्रनेलको पाइप लिएर ट्रकहरु आयोजनास्थल गएका थिए। याम्फुले भने, ‘पुलको मध्यभाग भाँचिएपछि पुलमा रहेका तीनवटै ट्रक नदीको बीचमा पुलमा अल्झिएको अवस्थामा छ।’

पुल भाँचिएर भुँइमा छोए पनि भाँचिएको भागमा तीनै ट्रकबीचैमा अल्झिएको याम्फुले बताए। चालक र सहचालकलाई भने स्थानीय उद्धार गरेका छन्। ना२क २४४ नम्बरको ट्रकका चालक रामेछापका हिकमत बहादुर सुनुवार, प्रदेश २- ०३००१ ख ३१६५ नम्बरको ट्रकका चालक इटहरी सुनसरीका सुदिप चौधरी, प्रदेश २-०३००१ ख ३१९८ नम्बरको ट्रकका चालक बाराका प्रमेख चौधरीसहितका अन्य सहचालक समेत सकुल रहेका छन्।

५४ मिटर लामो बेलिब्रिजको क्षमता ३० टनमात्र रहेको थियो। २०७५ सालमा इप्सुवा हाइड्रपावरले अरुण नदीमा निर्माण सामाग्री लैजान बेलिब्रिज निर्माण गरेको हो। बेलिब्रिज भाँचिएपछि आवतजावतमा समेत समस्या भएको छ। पुल भाँचिएर भएको दुर्घटनाको विषयमा अनुसन्धान भइरहेको प्रमुख जिल्ला अधिकारी खतिवडाले बताए। सवारी चालकहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.