चार सय केजी गाँजासहित तीनजना पक्राउ

चार सय केजी गाँजासहित तीनजना पक्राउ

उदयपुर : उदयपुर प्रहरीले ठूलो परिणामको लागुऔषधसहित तीनजनालाई पक्राउ गरेको छ । बिहीबार बेलका नगरपालिका ८ सिरुवानीबाट को.१.ज.२७६१ नं.को महेन्द्र पिकपमा निलो त्रिपालले छोपेर लैजाँदै गरेको तयारी चार सय केजी प्रतिबन्धित गाँजा बरामद गरेको हो । 

बरामद सामान र व्यक्तिलाई प्रहरीले बिहीबार पत्रकार सम्मेलनको आयोजना गरी सार्वजानिक गरेको छ । जिल्ला प्रहरी कार्यालयका एसपी सुबास बोहोराका अनुसार लुकाई छिपाई १६ वटा बोरामा तयारी गाँजा र नगद ६३ हजार २५ रुपैँया वरामद गरेकोछ ।

अबैधरुपमा लागुऔषध गाँजाको कारोबार तथा ओसारपसार भइरहेको भन्ने गोप्य सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट खटिएको प्रहरीको विशेष टोलीले उनीहरुलाई पक्राउ गरेको हो । 

पक्राउ पर्नेमा सवारीधनी तथा चालक बेलका नगरपालिका ८ का २७ वर्षीय गोकुल राई, वडानं ७ का २९ वर्षीय मनोज राई र सुनसरी जिल्लाको बराहक्षेत्र नगरपालिका १ का २३ वर्षीय मनिष धामी रहेको डीएसपी बेदप्रसाद गौतमले बताए । 

प्रहरीले उनीहरुको साथबाट स्मार्ट फोन तीन र साधा फोन एक वरामद गरेको जनाएको छ । घटनामा अन्य पनि संम्लग्न रहेको आशंकामा अनुसन्धान प्रक्रिया सुरु गरिएको उनले बताए ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.