जनार्दनलाई विश्वप्रकाशको प्रश्न : सरकारको प्रस्तावविरुद्ध मन्त्रीकै असहयोग ?

जनार्दनलाई विश्वप्रकाशको प्रश्न : सरकारको प्रस्तावविरुद्ध मन्त्रीकै असहयोग ?

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सरकारमा बसेर दोहोरो चरित्र नदेखाउन सत्ता गठबन्धनका नेता र मन्त्रीलाई आग्रह गरेका छन् । 

विरामीको कारण देखाएर अमेरिकी सहायता परियोजना एमसीसी टेबल गर्न अस्वीकार गरेका अर्थमन्त्री जनार्दन शर्मातर्फ लक्षित गर्दै शर्माले बिहीबार ट्वीटरमार्फत सरकारमा बसेर सरकारकै प्रस्तावमा असहयोग नगर्न चेतावनी दिएका हुन् । 

‘एमसीसीमा सरकारको प्रस्तावविरुद्ध सरकारकै मन्त्रीको असहयोग हद दर्जाको अराजकता ?’ शर्माले प्रश्न गरेका छन्, ‘कि भनौं गठबन्धनमा छौं, सरकारमा छैनौं l कि सरकारमा रहँदाको मर्यादा पालन गरौं ।’ 

शर्माले ओली नेतृत्वको सरकारले संसदमा दर्ता गरेको एमसीसी प्रस्ताव कांग्रेस नेतृत्वको सरकारले अघि बढाउँदा प्रतिपक्षी दलका नेताको नैतिक जवाफदेहीता पनि खोजिने उल्लेख गरेका छन् । 

उनले आफैले यहाँसम्म पुर्‍याएको एमसीसी परियोजनामा द्वैध चरित्र नदेखाउन उनले सत्ता गठबन्धनका नेता प्रचण्ड र माधव नेपालको समेत ध्यानाकर्षण गराएका छन् ।

‘सडकमा एमसीसीको विरोध गरिरहेको युवाको कुनै दोष छैन । दोषी त ति द्वैध चरीत्र भएका नेताहरू हुन् जो बालुवाटारमा एउटा कुरा गर्छन् बानेश्वरमा अर्को,’ उनले भनेका छन्, ‘अब टुंगो गरौं, क्षणिक लोकप्रियता रोज्ने कि दीर्घकालीन लोकहित ? आवेग र उग्रताले रास्ट्रहरु समृद्ध बनेका छन् कि `जिम्मेवार रास्ट्रवाद´ ले?’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.