कांग्रेस र एमालेबीच बालुवाटारमा दोस्रो चरणको वार्ता जारी

कांग्रेस र एमालेबीच बालुवाटारमा दोस्रो चरणको वार्ता जारी

काठमाडौं : सत्तारुढ नेपाली कांग्रेस र प्रमुख प्रतिपक्षी नेकपा एमालेबीच दोस्रो चरणको बैठक सुरु भएको छ । 

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा कांग्रेस र एमाले नेताहरुबीच बैठक चलिरहेको हो । बैठकमा प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवा, महामन्त्री गगन थापा, उपसभापति पूर्णबहादुर खड्का, सञ्चारमन्त्री ज्ञानेन्द्र कार्की लगायत छन् । 

त्यसैगरी एमालेबाट अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षद्वय सुवासचन्द्र नेम्वाङ, विष्णु पौडेल सहभागी छन् । 

फागुन १६ भित्र अमेरिकी सहायता परियोजना एमसीसी संसदबाट पारित गराउनुपर्ने दबाबमा रहेका प्रधानमन्त्री देउवाले प्रतिपक्षी एमालेको साथ खोजेका छन् । उनले एमसीसी पारित गर्न एमालेका सबै मागमा छलफल गर्न खुला रहेको बताएका छन् ।

एमालेले माधव नेपालसहित १४ सांसद पदमुक्त हुनुपर्ने र त्यो नभए पनि सभामुख अग्नि सापकोटा हटाउन कांग्रेस तयार हुनुपर्ने माग गर्दै आएको छ । 

एमसीसी पारित गर्न एमालेको साथ र एमालेका माग सम्बोधनमा कांग्रेसको सहयोगको विषयमा रहेर बालुवाटारमा दोस्रो चरणको वार्ता भइरहेको नेताहरुले बताएका छन् । 

यसअघि संसद बैठक स्थगित गरेर प्रधानमन्त्री देउवाले संसद भवनमै प्रतिपक्षी दलका नेता ओलीसँग उनकै च्याम्बरमा गएर भेटेका थिए । भेटमा एमाले र कांग्रेसका नेताहरु पनि सहभागी थिए । उक्त वार्ता सकारात्मक भएको भन्दै सञ्चारमन्त्री कार्कीले फेरि साँझ बस्ने समझदारी भएको जानकारी दिएका थिए । 

त्यसलगत्तै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसहित नेताहरु ओलीको कार्यकक्षमा पुगेर छलफल गरेका थिए । प्रचण्डसँग संसद भवनस्थित आफ्नो कार्यकक्षमा छलफल गरेर ओली साँझ ७ बजेतिर बालुवाटार पुगेका थिए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.