नयाँ बानेश्वर क्षेत्र तनावग्रस्त बन्दा... (फोटो फिचर)
काठमाडौं: एमसीसीको विरोधमा बिहीबार पनि नयाँ बानेश्वर क्षेत्र तनावग्रस्त बन्यो। संसदमा एमसीसीको विषयमा छलफल हुने तालिका सार्वजनिक भएसँगै प्रदर्शनकारीहरु आज विहानैदेखि विरोध प्रदर्शनमा उत्रेका थिए। त्यस दौरान प्रहरीले सयौं सेल आश्रुग्यास प्रहार गरेको थियो। भीडलाई तीतर बितर बनाउन प्रहरीले आश्रुग्यास प्रहार गरेको बताएको छ। त्यसका दौरान पनि प्रदर्शनकारीले प्रहरीमाथि ढुंगामुढा प्रहार गरेका थिए। यहाँसम्म कि प्रहरीमाथि प्रदर्शनकारीले गुलेलीले समेत प्रहार गरेको बताइएको छ।
अन्नपूर्ण पोस्टका लागि सुनिता डंगोल र सरोज वैजुले खिचेका तस्बिरहरु हेर्नुस्:














प्रतिक्रिया दिनुहोस !