परिवार भेट्ने बाहनामा भिजिट भिसामा साउदी र कतार  छिर्ने प्रयास

परिवार भेट्ने बाहनामा भिजिट भिसामा साउदी र कतार  छिर्ने प्रयास

काठमाडौं : परिवार भेट्न भन्दै भिजिट भिसामा साउदी अरेबिया र कतार  हिँडेका ९ जनालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयले फर्काएको छ।  उनीहरु सबैजना बुधबार साउदी  र कतार जाँदै थिए। साउदी अरब हिँडेका कपिलवस्तुकी तारा नोम खान, आफ वासिम खान र नोवाइरा वासिम खान, सुनसरीकी शुभ्रदा कुमारी साह , झापाकी रेनुका तामाङ र नर्वदा थापाको शंकास्पद यात्रा भन्दै प्रस्थान अनुमति नदिइएको हो। 

यस्तै, कतार हिँडेका धादिङकी विवशा श्रेष्ठ र विपिन श्रेष्ठ, र मकवानपुरकी विपना थापा श्रेष्ठलाई पनि शंकास्पद यात्रा भन्दै  फर्किाइदिएको अध्यागमन कार्यालयले जनाएको छ। अनुमति नपाएपछि उनीहरु विमानस्थलबाट फर्किएको अध्यागमनका अधिकारीले बताएका छन्। 

अध्यागमन अधिकारीसमक्ष उनीहरुले पारिवारिक सदस्य भेट्न जानेबारे पुष्टि गर्न सकेनन्। अध्यागमनका अधिकारीहरुले मागेको कागजात उनीहरुले दिन सकेनन्। त्यसपछि यात्रा शंकास्पद रहेको ठहर गर्दै अध्यागमनले उनीहरुलाई प्रस्थान अनुमति नदिइ फर्काएको हो।

उनीहरुले भिजिट भिसामा कतार र साउदी जान गृहमन्त्रालयले तोकेको मापदण्ड समेत पूरा गरेनन्। भिजिट भिसामा मलेसिया र खाडी मुलुक गएर काम गर्न थालेपछि गृहमन्त्रालयले भिजिट भिसामा कडाई गरेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.