भायानेटको मिनी प्याक अब भायाटिभीसँगै
काठमाडौँ : भायानेटले भायाटिभीसहित मिनी प्याकको नयाँ अफर सुरू गरेको छ। ग्राहकहरूले ८०० रुपैयाँमा ७५ एमबीपीएसको इन्टरनेट प्याकेजको मासिक सब्स्क्रिप्शनसँगै निःशुल्क भायाटिभी पनि प्राप्त गर्ने कम्पनीले जनाएको छ।
सुपथ मूल्यमा गुणस्तरीय इन्टरनेट सेवा चाहने ग्राहकहरूलाई लक्षित गरी भायनेटले यो मिनी प्याक उपलब्ध गराएको हो। यस अफर मार्फत ग्राहकहरूले उच्च–गतिको इन्टरनेटका साथसाथै मनोरञ्जनात्मक च्यानलहरू दुवैको लाभ लिन सक्ने र भायाटिभीद्वारा ग्राहकहरुले १७५प्लस च्यानलहरू, चलचित्र र टेलि श्रृंखलाहरू हेर्न सक्ने पनि कम्पनीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस !