गौशाला नगरपालिकाका सुकुम्बासीलाई चाँडै नै लालपुर्जा वितरण गरिनेछ : नगरप्रमुख महतो

गौशाला नगरपालिकाका सुकुम्बासीलाई चाँडै नै लालपुर्जा वितरण गरिनेछ : नगरप्रमुख महतो

महोत्तरी : गौशाला नगरपालिका नगरभरिका भूमिहिनलाई व्यवस्थित गरी लालपुर्जा वितरण गर्ने तयारीमा जुटेको छ। आईतबार अन्नपूर्णसँग कुराकानी गर्दै नगर प्रमुख महतोले भने, ‘राष्ट्रिय भूमि आयोगसँग नगरपालिकाले सम्झौता भईसकेको छ। अब चाँडै नै सोही सम्झौता बमोजिमले नगरपालिकाभरिका अव्यवस्थित बसोवासलाई व्यवस्थित गरिनेछ। यस कार्यका लागि औपचारिकरुपमा प्रक्रिया अगाडि बढिसकेको छ।’

नगरपालिकाले गत माघ १५ गतेका दिन ३५ दिने सार्वजनिक सूचना यहाँका वडा कार्यालयमार्फत संकलित गरिएको तथ्यांक अपलोड गरिने तयारीमा नगरपालिका जुटेको नगरप्रमुख महतोको भनाई रहेको छ। महतोले भने, ‘राष्ट्रिय भूमि आयोगको आन्तरिक विवादको कारण सिस्टममा समस्या आएपछि तयार पारिएको तथ्यांक अपलोड हुन सकेको छैन। अब सिस्टमको समस्या हटेछ। तथ्यांक अपलोड भईसकेपछि अनुसन्धान गरी विधिवतरुपमा लालपुर्जा वितरण गरिनेछ।’

नगरभरिमा कुल ३ हजार २ सय ५८ घरपरिवार अव्यवस्थित रुपमा बसोवास गर्दै आएको नगरपालिकाको कार्यालयले जनाएको छ। कार्यालय स्रोतका अनुसार भूमिहीन दलित १ हजार ६, भूमिहीन सुकुम्बासी १ हजार २ सय ३१ र अव्यवस्थित बसोवास गर्ने घरधुरीको संख्या १ हजार २१ रहेको छ। यसरी तथ्यांक संकलनका लागि ७ जना प्राविधिकलाई नगरभरिमा खटाईएको प्रमुख प्रशासकीय अधिकृत विरेन्द्रजंग थापाले बताए। अब भूमि आयोगसँग सहमति अनुसार नै बाकी प्रक्रियाहरु अगाडि बढाईने प्रमुख प्रशासकीय अधिकृत थापाले जानकारी दिए।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.