बनेपामा शंकास्पद वस्तु फेला : बम डिस्पोजल टोली पुग्यो, राजमार्ग अवरुद्ध (तस्बिर)
फागुन १६, २०७८ सोमबार ८:५१:०
बनेपा : काभ्रेको बनेपास्थित अरनिको राजमार्ग पुलबजारमा शंकास्पद वस्तु फेला परेको छ। सोमबार बिहान राजमार्गमा शंकास्पद वस्तु फेला परेको हो।
नेपाली सेनाको कालिजङ गणको बम डिस्पोजल टोली अहिले घटनास्थलमा पुगेको छ। घटनास्थल आसपासका क्षेत्रमा सुरक्षा सतर्कता बढाउँदै सवारी आवागमन रोकिएको छ ।


