कांग्रेस मकवानपुर सभापतिमा लामा निर्वाचित

कांग्रेस मकवानपुर सभापतिमा लामा निर्वाचित

हेटौंडा : नेपाली कांग्रेस मकवानपुरको सभापतिमा बुद्ध लामा निर्वाचित भएका छन्। कांग्रेसको १४ औं अधिवेशन अन्तर्गत मंगलबार सम्पन्न निर्वाचनबाट लामा सभापतिमा निर्वाचित भएका हुन्। सोमबार भएको मतदानमा सभापतिका तीनै जना उम्मेदवारले ५१ प्रतिशत मत ल्याउन नसकेपछि सहमतिको आधारमा लामा अध्यक्ष बनेका हुन्।

मतदानमा लामाले पाँच सय ९२ मत, आनन्दराम पराजुलीले पाँच सय ४५ मत मत र जयराम लामिछानेले पाँच सय ३१ मत प्राप्त गरेका थिए। जिल्ला नेतृत्व चयनको लागि एक हजार आठ सय ५३ प्रतिनिधिमध्ये एक हजार सात सय ७५ प्रतिनिधिले मतदान गरेका थिए।

निर्वाचन समितिले सभापतिको लागि दोस्रो चरणको मतदान मंगलबार दिउँसो १ बजेदेखि सुरु हुने सूचना प्रकाशित गरेको थियो। तर सभापतिको लागि दोस्रो मत स्थानमा मत प्राप्त गरेका पराजुलीले लामालाई समर्थन गरेपछि सहमतिमा सभापति चयन भएका हुन्। लामा र पराजुली दुबै संस्थापन अर्थात सभापति शेरबहादुर देउवा पक्षधर हुन्। ‘जसले पहिलो स्थानमा मत ल्याउछ उसैलाई सहयोग गर्ने भन्ने हाम्रो सहमति अनुसार मैले नेतृत्वमा लामालाई समर्थन गरेको हुँ’, पराजुलीले भने। कांग्रेसकी सहमहामन्त्री महालक्ष्मी उपाध्याय डीना र बागमती प्रदेश सभापति बानियाँको पहलमा लामा र पराजुलीबीच सहमति भएको हो।

सभापतिमा निर्वाचित लामाले सबै पक्षलाई समेटेर अघि बढ्ने र नजिकिँदो स्थानीय तह निर्वाचनमा काँग्रेसलाई पहिलो स्थानमा विजयी हाँसिल गराउन आफू लागि पर्ने बताए। कांग्रेस मकवानपुरले २०४६ सालपछि पहिलो पटक जनजाति समुदायबाट नेतृत्व पाएको हो। यसअघि २०४६ साल अघि सूर्यबहादुर डिम्डुङले नेपाली कांग्रेसको नेतृत्व गरेका थिए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.