हवाई सेवाले पोखरा र जनकपुरबीचको सम्बन्ध प्रगाढ हुन्छ : मुख्यमन्त्री पोखरेल
महोत्तरी: गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले हवाई सेवा सुचारु भएपछि मधेस प्रदेशसँग अझ पर्यटनीय सम्बन्ध मजबुत हुने बताएका छन्।
आइतबार महोत्तरीको बर्दिवासमा पत्रकारसँग संक्षिप्त कुराकानी गर्दै मुख्यमन्त्री पोखरेलले गण्डकी प्रदेशका राजधानी पोखरा र मधेस प्रदेशका राजधानी जनकपुरबीचमा हवाई सेवाले थप सम्बन्धलाई सुढृढ तुल्याएको स्पष्ट पारेका छन्।
'पछिल्लो समयमा आएर हवाईमार्गबाट ४५ मिनेटकै छोटो दूरीमा दुवै राजधानीलाई जोडने वातावरण निर्माण भएको छ। अब पर्यटकलाई आवतजावत गर्नका लागि कुनै किसिमको झन्झट रहेन।
संघीयतालाई मजबुत बनाउने क्रममा हामीले मधेस प्रदेशको आमन्त्रणमा यहाँका अवलोकनका लागि यहाँ आएको मुख्यमन्त्री पोखरेलले बताए।
जनकपुर आएपछि मुख्यमन्त्री पोखरेलले महिनौदेखि थन्किएर राखिएको रेल भ्रमण गर्नुको साथै यहाँका पर्यटकीय धार्मिकस्थलको भ्रमणको क्रममा रहेका छन्।
तीन दिवसीय भ्रमणका आएका मुख्यमन्त्री पोखरेलले अहिले यहाँका धार्मिकस्थल, प्रसिद्ध नगरीलगायत महत्वपूर्ण स्थलहरुको भ्रमण गर्ने कार्यक्रम रहेको प्रदेश सरकारका उद्योग, वन तथा पर्यटनमन्त्री सत्रुधन महतोले बताए।
प्रतिक्रिया दिनुहोस !