चालक पक्राउको माग गर्दै पूर्वपश्चिम राजमार्ग अवरुद्ध
दाङ : दाङमा सवारी दुर्घटनाको विषयलाई लिएर राजमार्ग बन्द गरिएको छ । दुर्घटनापछि चालक पक्राउको माग गर्दै पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरिएको हो। लमही नगरपालिका- ३ वनगाउँमा मंगलबार राती १० बजेतिर कार र मोटरसाइकल ठोक्किदा राप्ती गाउँपालिका १ भालुवाङका ३० वर्षीय मोटरसाइकल चालक नरेन्द्र जिसीको मृत्यु भएको थियो ।
दुर्घटनापछि फरार रहेका कार चालकलाई पक्राउ नगरेको भन्दै मृतकका आफन्त बिहानैदेखि भालुवाङ बजारमा सडक अवरुद्ध गरेका हुन्।
प्रतिक्रिया दिनुहोस !