मादी बस दुर्घटना : मृत्यु हुनेको संख्या १४ पुग्यो (अपडेट)
संखुवासभा : संखुवासभाको मादीमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १४ पुगेको छ। घाइते ५ मध्ये १ जनाको अवस्था गम्भीर रहेको छ। जिल्ला प्रहरी कार्यलय संखुवासभाका डीएसपी लालध्वज सुवेदीले अहिलेसम्म १४ जनाको मृत्यु भएको पुष्टि गरे।
मादीबाट झापाको दमक जाँदै गरेको बा ४ ख ७३५ नं. बिहान साढे पाँच बजेतिर दुर्घटना भएको थियो। मृतकको सनाखत भइसकेको छैन। दुर्घटनाको कारण हालसम्म खुलेको छैन।
संखुवासभा मादी नगरपालिका -६ स्थित सातघुम्तिमा दुर्घटना भएको बस सडकबाट करिब ३ सय मिटर तल खसेको छ। दुर्घटनापछि स्थानीय र प्रहरी उद्धारमा जुटेका छन्। थप विवरण आउन बाँकी रहेको छ।