मादी बस दुर्घटना अपडेट : १० मृतकको पहिचान

मादी बस दुर्घटना अपडेट : १० मृतकको पहिचान

संखुवासभा : संखुवासभाको मादी नगरपालिका–६ स्थित सातघुम्तीमा भएको बस दुर्घटनामा मृत्यु भएका १४ मध्ये १० जनाको सनाखत भएको छ। इलाका प्रहरी कार्यालय चैनपुरका अनुसार थप चार जनाको सनाखत हुन बाँकी छ। 

मृत्यु हुनेमा मादी–६ का ३८ वर्षीय इन्द्रबहादुर अधिकारी, अञ्जना कटुवाल, तुलसा कटुवालकी छोरी ५ वर्षीया दिक्षा कटुवाल, मादी–५ का ४५ वर्षीय दिपक दाहाल, अन्दाजी ५०/५२ वर्षका श्याम शेर्पा, ५५ वर्षीया भवानी दाहाल रहेका छन्। त्यसै गरी, मादी–४ का ३८ वर्षीय आइतबहादुर तामाङ, ३५ वर्षीया सविता राउत कार्की, सहचालक ३०/३५ वर्षीय उमेश भट्टराई, तेह्रथुम औंशी डाँडाका सवारी धनी तथा सहचालक विपिन निरौलाको मृत्यु भएको इलाका प्रहरी कार्यालय चैनपुरले जनाएको छ। 

मृत्यु भएका पुरुष एक जना, दुई जना महिला र एक नबालक गरी चार जनाको नाम ठेगाना खुलेको छैन। १४ जनाकै घटना स्थलमा नै मृत्यु भएको थियो। 

दुर्घटनामा मादी–५ का टिकट काउन्टरमा काम गर्ने ३० वर्षीय सुभाष गोले, मादी–६ का २२ वर्षीया तुलसा कटुवाल, अम्बिका विक, ५० वर्षीय डम्बरबहादुर कार्की र मादी–५ का ३० वर्षीय युका पोखरेल रहेका छन्। घाइतेहरुको चैनपुर स्वास्थ्य केन्द्रमा उपचार भइहेको छ। घाइतेहरुको थप उपचारका लागि हेलिकप्टर मार्फत काठमाडौं लाने तयारी भइरहेको छ।

मादीबाट दमकतर्फ जाँदै गरेको बा ४ ख ७३५ नम्बरको यात्रुबहाक बस सडकबाट करिब ६-७ सय मिटर तल खसेको इलाका प्रहरी कार्यालय चैनपुरका प्रमुख योगराज खतिवडाले जानकारी दिए। मृतक १४ मध्ये ३ जना पुरुष र १ नाबालक को शव पोष्टमार्टमका लागि चैनपुर स्वास्थ्य केन्द्रमा पठाइएको उनले बताए। अन्य १० जनाको घटनास्थलबाट उद्दार गर्ने कार्य भइरहेको छ। प्रहरीको प्रारम्भिक अनुसन्धानले घटना तीव्र गतिका कारण भएको बताएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.