तीब्र गतिमा रहेको बस घुम्ती काट्न नसक्दा दुर्घटना

तीब्र गतिमा रहेको बस घुम्ती काट्न नसक्दा दुर्घटना

संखुवासभा : तीब्र गतिका कारण मादीमा बस दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । बस तीब्र गतिमा गुडेका कारण घुम्तीमा चालकले नियन्त्रणमा लिन नसकेकाले पल्टिएको प्रहरीले बताएको छ । यद्यपी, प्रहरीले थप अनुसन्धान अघि बढाएको छ । 

दुर्घटनामा बसका चालक र सहचालकको मृत्युसमेत भएको छ । दुर्घटना भएको स्थलको बाटोसमेत अप्ठेरो रहेको स्थानीयवासीले जनाएका छन् । 

बस मादीबाट झापाको दमक गइरहेको थियो । संखुवासभाको मादी नगरपालिका–६ स्थित सातघुम्तीमा बिहीबार बिहान भएको बस दुर्घटनामा १४ जनाको मृत्यु भएको छ । घाइते पाँच जनालाई हेलिकोप्टरबाट थप उपचारका लागि धरान लगिएको छ । मृत्यु भएका १४ जनामध्ये १० को सनाखत भएको छ। इलाका प्रहरी कार्यालय चैनपुरका अनुसार थप चार जनाको सनाखत हुन बाँकी छ। 

मृत्यु हुनेमा मादी–६ का ३८ वर्षीय इन्द्रबहादुर अधिकारी, अञ्जना कटुवाल, तुलसा कटुवालकी छोरी ५ वर्षीया दिक्षा कटुवाल, मादी–५ का ४५ वर्षीय दिपक दाहाल, अन्दाजी ५०/५२ वर्षका श्याम शेर्पा, ५५ वर्षीया भवानी दाहाल रहेका छन्। त्यसैगरी, मादी–४ का ३८ वर्षीय आइतबहादुर तामाङ, ३५ वर्षीया सविता राउत कार्की, सहचालक ३०/३५ वर्षीय उमेश भट्टराई, तेह्रथुम औंशी डाँडाका सवारी धनी तथा सहचालक विपिन निरौलाको मृत्यु भएको इलाका प्रहरी कार्यालय चैनपुरले जनाएको छ। 

मृत्यु भएका पुरुष एक जना, दुई जना महिला र एक नबालक गरी चार जनाको नाम ठेगाना खुलेको छैन। १४ जनाकै घटनास्थलमा नै मृत्यु भएको थियो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.