मादी बस दुर्घटना : मृतक सबैको पहिचान खुल्यो, चालक र सहचालकको पनि मृत्यु

मादी बस दुर्घटना : मृतक सबैको पहिचान खुल्यो, चालक र सहचालकको पनि मृत्यु

संखुवासभा : संखुवासभाको मादी नगरपालिका–६ स्थित सातघुम्तीमा भएको बस दुर्घटनामा मृत्यु भएका १५ जनाकै सनाखत भएको छ। जिल्ला प्रहरी कार्यालय संखुवासभाका डिएसपी लालध्वज सुवेदीका अनुसार मृतक सबै पहिचान खुलेको छ। 

मृत्यु हुनेमा ताप्लेजुङका ३१ वर्षीय समिक्षा योन्जन र उनका छोरा ८ वर्षीय सुदिप घिसिङ, मादी–२ इन्द्र अधिकारी, मादी–६ की ३० वर्षीया सिता विक रहेका छ। सो घटनामा मादी–६ का ३८ वर्षीय इन्द्र अधिकारी, ३२ वर्षीया अञ्जना कटुवाल, तुलसा कटुवालकी छोरी ५ वर्षीया दिक्षा कटुवाल, मादी–५ का ४८ वर्षीय दिपक कुमार दाहाल, ५५ वर्षीय श्याम शेर्पा, ४९ वर्षीय भवानी प्रसाद दाहालको मृत्यु भएको छ। 

त्यसैगरी, मादी–४ का ३८ वर्षीय आइतबहादुर तामाङ, २८ वर्षीया सविता कार्की, सहचालक उमेश भट्टराई, तेह्रथुम फाक्चामाराका सवारी धनी तथा चालक विपिन निरौलाको मृत्यु भएको डिएपी सुवेदीले बताए। १४ जनाकै घटना स्थलमा नै मृत्यु भएको थियो। 

साथै उपचारको लागि हेलिकप्टरबाट धरान ल्याइएकी मादी नगरपालिका ५ की ३० वर्षीया युका पोखरेलको उपचारका क्रममा मृत्यु भएको छ ।
 
अन्य घाइते डम्बरबहादुर कार्की, करिश्मा तामाङ, तुलसा कटवाल, सुवास तामाङलाई नेपाली सेनाको हेलिकप्टरबाट उपचारका लागि धरान स्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.