गुल्मीमा चैत २५ देखि गुल्मी महोत्सव
गुल्मी : गुल्मीमा चैत २५ देखि ०७९ वैशाख ४ गतेसम्म चौथो गुल्मी महोत्सव आयोजना हुने भएको छ। जिल्लाको सदरमुकाम तमघासमा महोत्सव आयोजना गरिने गुल्मी उद्योग वाणिज्य संघले जनाएको छ।
“गुल्मी जिल्लाको सम्पन्ता र समृद्धिको निकास, शिक्षा, स्वास्थ्य, कृषि र पर्यटनमा आधारित व्यापारको विकास”भन्ने मुल नाराका साथ चौथो गुल्मी महोत्सव प्रादेशिक व्यापार एंव औद्योगिक मेलाको आयोजना गरिने भएको हो। महोत्सवमा झण्डै दुई सय स्टल रहने छन् ।
महोत्सवलाई थप व्यवस्थित गर्न २३ वटा उपसमिति गठन गरिएको गुल्मी उद्योग वाणिज्य संघका अध्यक्ष ईश्वरी प्रसाद पौडेलले जानकारी दिए । पौडेलका अनुसार जिल्लाको कृषि, घरेलु तथा औद्योगिक क्षेत्रको प्रर्वद्धन गरी पर्यटकीय स्थलहरुको प्रचारप्रसारमा महोत्सवले सहयोग पुर्याउने छ।
कोरोना महामारीसंगै उठ्न नसकेको बजारक्षेत्र महोत्सवले थप चलायमान बन्ने आयोजकले अपेक्षा लिएको छ। जिल्लामा उत्पादन गरिएका घरेलु सामग्री महोत्सवको प्रमुख स्टलकोरुपमा रहने संघले जनाएको छ।
प्रतिक्रिया दिनुहोस !