उपचार गराउन बिदा लिएर गएकी युका सधैंका लागि बिदा भइन्

उपचार गराउन बिदा लिएर गएकी युका सधैंका लागि बिदा भइन्

संखुवसभा : मादी मावि मादी–५ की शिक्षिका युका पोखरेल विद्यालयमा बिदा मागेर बिहिबार बिहानै मादीबाट बस चढेर विराटनगर लागिन्। तर, बस चढेको करिव आधा घण्टापछि उनी चढेको 'रेसम फिरिरी' बस सडकबाट करिव तीन सय मिटर तल खसेर दुर्घटनमा पर्‍यो। 

घाइते अवस्थामा उद्धार गरिएकी शिक्षक पोखरेलको उपचारका लागि सेनाको हेलिकप्टरबाट धरान स्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिए पनि उनको उपचारका क्रममा मृत्यु भयो। बिहान ८ बजे घटनाको खबर पाएका मादी माविका शिक्षक विश्वनाथ सुवेदी आधा घण्टामा घटना स्थल पुगे। 

उनी घटनास्थल पुग्दा उद्धार कार्य भइरहेको थियो। उनी भन्छन्, ‘म पनि तत्काल उद्धारमा खटिएँ, भीरमा दुर्घटना भएकाले उद्धारमा निकै कठिन भयो। मैले तीन वटा शव निकाल्न मद्धत गरेपछि सबै शव तथा घाइतेको उद्धार गरिसकियो। त्यसपछि थाहा पाएँ आफ्नै विद्यालयकी मिस युका पोखरेल घाइते हुनुभएको रहेछ।’

उनले थपे, ‘हेर्दै गएँ आफ्नै गाउँका यति धेरै जनाको मृत्यु भएको थियो कि मेरो मन नै थामिएन।’ घाइतेहरुलाई हेलिकप्टर मार्फत उपचार गर्न लागेपछि स्वास्थ्यमा सुधार आउने आशा पलाएको सुवेदी बताउँछन्। 'तर, अस्पताल पुर्‍याउनासाथ मिसको मृत्युको खबर आयो। अघिल्लो दिनमात्र टाउको दुखिरहन्छ बिदा लिएर उपचार गराउन जान्छु भनेकी मिस सधाका लागि बिदा लिएर जानुभयो’, भावुक हुँदै सुवेदीले भने। 

उपाचारसँगै विद्यालयको कामको जिम्मेवारी लिएर पोखरेल विराटनगर जाने क्रममा सादाका लागि बिदा भइन्। पोखरेल मादी माविमा माध्यमिक तह अन्तरगत कक्षा ११–१२ मा अंग्रेजी विषय पढाउँथिन्। उनीसँगै मादीका अर्का शिक्षक र विद्यालयका कर्मचारीको निधन भयो। चन्द्र ज्योति आधारभुत विद्यालय मादी–५ का शिक्षक भवानीप्रसाद दाहाल, मादी बहुमुखी क्याम्पसको कागजत लिएर गएका कार्यालय सहयोगी दीपककुमार दाहालको सोही दुर्घटनामा मृत्यु भएको छ। सो घटनामा घटनास्थलमै १४ र उपचारको क्रममा धरानमा एक जनाको मृत्यु भएको हो। 

घटनाको खबर पाउनासाथ घटनास्थलमा स्थानीय विशाल बस्नेत पुगे। घाइतेहरु चिच्याइ रहेका सुनेपछि उनी तत्काल उद्धारमा खटिए। बस्नेतले भने, 'सबैभन्दा पहिले घाइते तुलसा कटुवाललाई गाडीबाट उपचारका लागि चैनपुर पठायौं।' 

कुशल सवारी चालक र गाडीको कन्डिसनको अवस्था नबुझी सवारी चलाउँदा दुर्घटना हुने शिक्षक सुवेदी बताउँछन्। सो सवारी चालक विपिन निरौला नियमित सवारी चालक नभएको कारण पनि दुर्घना भएको हुन सक्ने उनको अनुमान छ। निरौलासँग सवारी चालक अनुमति पत्र भए तापनि उनी नियमित सवारी चलाउँदैन थिए। त्यही भएर पनि दुर्घटना भएको हुन सक्ने स्थानीयले अनुमान गरेका छन्।

नौ जानको सामुहिक दाहसस्कार

मादी नगरपलिका–६ स्थित सात घुम्तीमा भएको बस दुर्घटनमा ज्यान गुमाएका मध्ये नौ जनाको सामुहिक दाहसंस्कार गरिएको छ। बिहिबार राति १ बजेसम्ममा उनीहरुको दाहसस्कार गरिएको मादी नगरपालिकाका मेयर विदुर लिंथेपले जानकारी दिए। उनीहरुको सामुहिक दाहसस्कार मादी–६, राम्वेनी घाटमा गरिएको थियो। 

मादीकी सीता बिक, अञ्जना कटुवाल, भवानीप्रसाद दाहाल, इन्द्र अधिकारी, दीक्षा कटुवाल, वलबहादुर कार्की, सविता कार्की, दीपककुमार दाहाल र उमेश भट्टराईको सामुहिक दाहसंस्कार गरिएको हो। श्याम शेर्पा मादी–५ र आइतबहादुर तामाङको मादी–४ मा लगेर जातीय संस्कार अनुसार दाहसंस्कार गरियो। ताप्लेजुङ घर भएका समीक्षा योञ्जन र उनका छोरा सुदीप घिसिङलाई ताप्लेजुङ लगेर शुक्रबार दाहसंस्कार गरिएको स्थानीयले बताए। सुनसरीको इटहरी उपमहानगरपलिका–२० घर भएका सवारी चालक विपिन निरौलाको शव इटहरी लगेर दाहसंस्कार गरिएको छ। 

मादी नगपलिकामा शोक बिदा

मादी–६ मा भएको बस दुर्घटनमा ज्यान गुमाएकाको शोकमा मादी नगरपालिकाले शुक्रबार शोक बिदा दिएको छ।  मादीका प्रमुख प्रशासकीय अधिकृत प्रकाश मगरले शोक बिदाको सूचना जारी गरेर शोक बिदा गरेको हुन्। 

नगरपालिका मातहतका सम्पूर्ण कार्यालय र मादीका सम्पूर्ण विद्यालयमा शोक बिदा गरिएको प्रशासकीय अधिकृत मगरले जानकारी दिए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.