वृद्धालाई झुक्याएर जग्गा नामसारी

वृद्धालाई झुक्याएर जग्गा नामसारी

संखुवासभा : संखुवासभाको भोटखोला गाउँपालिका–४ का वडाध्यक्ष किन्साङ भोटेसहित ७ जना पक्राउ परेका छन्। उनीहरूले स्थानीय दलबहादुर तामाङ (हाल बितेको) को २७ रोपनी जग्गा जालसाजी गरी आफन्तको नाममा पास गरेको खुलेको छ।

पक्राउ पर्नेमा वडाध्यक्ष भोटेसहित सुरेन्द्र तामाङ, कल्पना भोटे, ङिमा लाजुङ भोटे, खाँदबारी–१ का हाल मालपोल कार्यालय खाँदबारीमा कार्यरत महेन्द्रकुमार पराजुली, मकालु गाउँपालिका–४ घर भई खाँदबारीमा लेखापढी व्यवसाय गर्ने अनिष गुरुङ र चैनपुर नगरपलिकाका पासाङ शेर्पा रहेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका डीएपी लालध्वज सुवेदीले बताए। 

दलबहादुरको मृत्युपछि उनको जग्गाको हकवाला एक मात्र सन्तान ७५ वर्षीया बिममाया तामाङ हुन्। सोही जग्गा भोटेसहितको टोलीले फागुन २ गते उनको नाममा नामसारी गर्‍यो। तर, त्यसमध्ये केही जग्गा उनीहरूले आफ्नो नाममा गरेको प्रहरीले जनाएको छ। डीएसपी सुवेदीका अनुसार फागुन १ गते जग्गा नामसारी गर्न आवश्यक कागजतहरू नागरिकताको प्रतिलिपी, घर,बाटो सिफारिस तथा जग्गा नामसारी गर्ने सिफारिससमेत वडाध्यक्ष भोटेले खाँदबारीमै बसेर तयार पारेका थिए। 

‘भोटेको समूहले वृद्धा भत्ता मिलाइदिन्छौं भनेर बिममायालाई खाँदबारी ल्याएका थिए। तामाङ कम देख्ने, कम सुन्ने र अनपढ भएकाले झुक्याएर नामसारी गरेको उनीहरूले बयान दिएका छन्,’ डीएसपी सुवेदीले भने, ‘दलबहादुरको भोटखोला–४ सिपु्रङस्थित कित्ता नं. १००, २७४, २७५, २८०, २९२ र ३४८ मध्ये ४ ओटा बिममायाको नाममा र कित्ता नंं. २७५ र २८० गरी २ कित्ताको जग्गा उनीहरूले आफ्नो आफन्तका नाममा नामसारी गरेको खुलेको छ।’ सोही दिन ती वृद्धालाई घर पुर्‍याएर वृद्ध भत्ताबापतको पैसा भनी २० हजार रुपैयाँ र लालपुर्जा दिएको पीडतले बताएको प्रहरीले जनाएको छ।

भोटखोला–२, ४ र ५ का विभिन्न स्थानमा अपर अरुण जलविद्युत् (१०६८ मेगावाटको) आयोजना निर्माण गर्न अध्ययन भई जग्गा सबैको काम चलिरहेको छ। त्यसैले ती क्षेत्रमा पर्ने कित्ता नं. २७५ र २८० को भाउ बढ्ने लोभले वृद्धालाई झुक्याएर उनीहरूले जग्गा नामसारी गरेका हुन्। 

बिममाया हाल खाँदबारी बस्दै आएका सुरेन्द्रको फुपू नाता पर्छिन्। उनले नै वडाध्यक्षसँग मिलेर फुपूको जग्गा हडप्ने योजना बनाएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार वडाध्यक्षले मालपोत कार्यालय खाँदबारीका कर्मचारी महेन्द्रकुमारको सहयोग लिएको पाइएको छ। योजनाअनुसार कित्ता नं.२८० (११७३५ वर्गमिटर) को जग्गा वडाध्यक्षले कल्पना भोटे र सुरेन्द्रले श्रीमती ङिमालाजुङ भोटेको नाममा संयुक्त रजिस्ट्रेसन पास गरेका हुन्। त्यस्तै, कित्ता नं. २७५(१८३० वर्गमिटर) को जग्गा 

पासाङका नाममा पास गरेका थिए। फागुन १६ गते, पासाङको नाममा रहेको सोही जग्गा पुनः कर्मचारी पराजुलीको श्रीमतीका नाममा नामसारी भएको प्रहरीले जनाएको छ। 

प्रहरीका अनुसार वडाध्यक्षले जग्गा पास गरिदिएबापत सो जग्गा आफूलाई दिएको पराजुलीले बयानमा बताएका छन्। त्यस्तै, कागजात लेखापढी गरेबापत अनिषलाई वडाध्यक्षले ९ हजार रुपैयाँ दिएका थिए। कल्पनाको हकमा रजिष्ट्रेसन पास लेखापढी व्यवसायी अनिषको नाममा वारेस पास भएको खुलेको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.