ललितपुरको विजयी सुरुवात
हेटौंडा : प्रथम प्रदेश खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष फुटबलमा ललितपुरले विजयी सुरुवात गरेको छ। आइतबार हेटौंडाको क्याम्पा डाँडा रंगशालामा चितवनलाई १–० गोलले हराउँदै ललितपुरले विजयी सुरुवात गरेको हो।
प्रदेश खेलकुद विकास परिषद् बागमती प्रदेशको आयोजना सुरु प्रतियोगिताको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। खेलको दोस्रो हाफको ६८औं मिनेटमा ललितपुरका वसन्त तामाङले गरेको गोल नै निर्णायक बन्न पुग्यो। सोमबार पहिलो खेल रामेछाप र सिन्धुपाल्चोक र दोस्रो खेल मकवानपुर र नुवाकोटबीच हुने संयोजक कल्पना शर्माले जानकारी दिइन्।
मकवानपुरमा चैत ५ गतेबाट तेक्वान्दो प्रतियोगिता सुरु हुनेछ। चितवनमा सोमबारबाट भलिबल र क्रिकेट सुरु हुनेछ। काठमाडौंमा चैत ६ गतेदेखि एथलेटिक्स, काभ्रेमा चैत ७ गतेदेखि महिला फुटबल, ९ गतेदेखि बक्सिङ र सिन्धुपाल्चोकमा चैत ७ गतेबाट करातेको प्रतियोगिता हुनेछ। प्रतियोगिताको समापन चैत १२ गते काभ्रेको धुलिखेलमा हुनेछ।