महोत्तरीमा २ जनाको मृत्यु

महोत्तरीमा २ जनाको मृत्यु

महोत्तरी : जिल्लाको दुई अलग अलग स्थानमा भएको दुर्घटनामा २ जनाको मृत्यु भएको छ। शनिबार मटिहानी नगरपालिका ७ अवस्थित लक्ष्मी सागर पोखरीमा पौडी खेल्ने क्रममा धनुषा मुखियापट्टी मुसरनिया ३ का १८ वर्षीय सुमन ठाकुरको मृत्यु भएको हो।

पौडी खेल्ने क्रममा अचानक बेहास भएको सुमनलाई तत्कालै पोखरीबाट उद्धार गरी उपचारको लागि जिल्ला अस्पताल जलेश्वरमा पठाइएको थियो। उनको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ। मृतक शव पोष्ट मार्टमपश्‍चात आफन्तले बुझी लगेका जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको  छ।

त्यस्तै महोत्तरीको सम्सी गाँउपालिका ३ वैरियामा करेन्ट लागेर स्थानीय ५० वर्षीय रहुप साह फकिरको मृत्यु भएको छ। घाँस काटने क्रममा करेन्ट लागेर घाइते भएको फकिरको उपचारको लागि लैजाँदै गर्दा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।

दुबै घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता डिएसपी प्रकाश विष्टले बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.