चिनियाँ विदेशमन्त्री वाङलाई भेट्न प्रचण्ड मेरिट होटलमा

चिनियाँ विदेशमन्त्री वाङलाई भेट्न प्रचण्ड मेरिट होटलमा

काठमाडौं :  नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यीलाई भेट्न नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' नक्सालस्थित मेरिट होटल पुगेका छन् । केहीबेरपछि विदेशमन्त्री वाङ र प्रचण्डबीच भेटवार्ता हुनेछ। यसअघि विदेशमन्त्री वाङ यीले राष्ट्रपति विद्यादेवी भण्डारी र नेकपा अध्यक्ष केपी शर्मासँग भेटवार्ता गरेका छन्।

 विदेशमन्त्री वाङले शनिबार प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रधानमन्त्री शेरबहादुर देउवासँग द्विपक्षीय छलफल गरेका थिए ।  चिनियाँ विदेशमन्त्री वाङ र परराष्ट्रमन्त्री नारायण खड्काबीच भेटवार्ता भएको थियो । सो क्रममा नेपाल चीनबीच विभिन्न ९ परियोजनामा हस्ताक्षर भएको थियो।  चिनियाँ विदेशमन्त्री वाङ तीन दिने भ्रमण पूरा गरी आइतबार अपरान्ह स्वदेश फर्कदैछन् ।

चिनियाँ विदेशमन्त्री वाङ १९ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै चैत ११ गते नेपाल आएका थिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.