महोत्तरीका तीन जनप्रतिनिधि ‘हिरो अफ मधेस’ अवार्डका लागि चयन
महोत्तरी : महोत्तरीका तीन जनप्रतिनिधि यस वर्षको लागि ‘हिरो अफ मधेस’ अवार्डका लागि चयन भएका छन्। मटिहानी नगरपालिकाका प्रमुख हरिप्रसाद मण्डल, बर्दिबास नगरपालिकाका प्रमुख विदुर कार्की र रामगोपालपुर नगरपालिकाकी उपप्रमुख सीतादेवी साह यसवर्षका लागि हिरो अफ मधेस अवार्डका लागि चयन भएका हुन्।
संयोजक मोहन सिंहका अनुसार हिरो अफ मधेसमा फर्म भरेर सदस्यता लिएकाहरूको मतको आधारमा उक्त निर्णय गरिएको छ। नयाँ पुस्ताको कामलाई प्रोत्साहन र प्रवर्दन गर्न तथा समाजमा भएका सकारात्मक परिवर्तनलाई उजागर गर्न गठित हिरो अफ मधेस अवार्ड देशैभरी दिने निर्णय गरिएको संयोजक सिंहले जानकारी दिए।
अवार्डका लागि झापा, मोरङ, सुनसरी, उदयपुर, सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, चितवन, नवलपरासी, रुपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर र काठमाडौंका विभिन्न स्थानीय तहका जनप्रतिनिधि, समाजसेवीलगायतलाई चयन गरिएको छ। उक्त अवार्ड राष्ट्रियस्तरमा एकजना र प्रदेशस्तरमा एक–एकजनालाई प्रदान गरिनेछ।
प्रतिक्रिया दिनुहोस !